गाैमुल खबर डटकम मङ्गलबार ०४, कार्तिक २०८२ ०९:५६

नगर प्रमुख बोहराको सक्रियताले तिहार अघि नै मार्तडी-कोल्टी बस सेवा सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक ०४, २०८२
नगर प्रमुख बोहराको सक्रियताले तिहार अघि नै मार्तडी-कोल्टी बस सेवा सुरु

बाजुरा ः सदरमुकाम मार्तडी देखि पूर्वी उत्तरी भेगको कोल्टीसम्म मंगलबारबाट पुनः बस सेवा चल्न सुरु भएको छ । गत असारको पहिलो सातादेखि रोकिएको बस सेवा पुनः सुचारु भएको हो ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले सडकखण्ड मर्मत आजबाट मार्तडी-कोल्टीसम्म बस सेवा सुरु गरिएको बताएका छन् ।

 वर्षामा अवरुद्ध सडकखण्ड दिनरात नभनेर नगर प्रमुख आफैं खटिएर नियमितको प्रयासपछि पुनः बस सञ्चालनमा आएको हो ।

सडकखण्ड मर्मत पछि अब नियमित बस सेवा सञ्चालन हुने र त्यस क्षेत्रका नागरिकहरुलाई यातायातमा सहजता हुने नगर प्रमुख बोहराले विश्वास व्यक्त गरेका छन् ।

मंगलबार पवनदुत यातायात प्रा.लि.को बस कोल्टीका लागि छुटेको छ । गत वर्षको पुसबाट सदरमुकाम मार्तडीबाट कोल्टीसम्म बस सेवा सुरु गरिएको थियो ।

जिल्लाको पुर्वी उत्तरी भेग कोल्टी क्षेत्रका चार वटा स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानीयहरुले पनि यहीँ बाटो भएर यात्रा गर्ने गरेका छन् ।

यस्तै करिब ४ महिनादेखि अवरुद्ध मार्तडी-कोल्टी सडकखण्डका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर यसअघि असोज दोस्रो सातादेखि नियमित यातायात सुचारु गरिएको थियो ।

बुढीनन्दा नगरपालिका, बडीमालिका नगरपालिका, जिल्ला प्रशासन कार्यालय बाजुरा र पूर्वाधार विकास कार्यालय साँफेबगरको सहकार्यमा अवरुद्ध सडकखण्ड पुनः सुचारु गरिएको थियो ।

त्यस्तै मार्तडी देखि कोल्टीसम्म प्रतिव्यक्तिको एकतर्फी भाडा पाँच सय रुपैयाँ कायम गरिएको जनाएको छ । पुनः बस सेवा सुचारु भएसँगै महंगो भाडा तिरेर मार्तडी-कोल्टीसम्मको कष्टपूर्ण यात्रा गरी रहेका पूर्वीउत्तरी भेगका नागरिकहरुलाई सहजता हुने भएको छ ।

बस सेवा सञ्चालनमा आएसँगै जिल्लाको उत्तरी भेगका नागरिकलाई सदरमुकाम सहित महेन्द्रनगर, धनगढी लगायतका ठाउँसम्म आवतजावत गर्न पनि सहयोग पुग्ने स्थानीयहरुले बताएका छन् ।

No photo description available.

प्रतिक्रिया