बाजुरा : गौमुल गाउँपालिका ४ मा रहेको माउण्टेन भिजन युवा क्लबले आयोजना गरेको विजया दशमी तथा शुभदिपावलीको पावन अवसर पारि बृहत साँस्कृतिक कार्यक्रम तथा लाइभ देउडा कार्यक्रम सम्पन्न भएको छ ।
आपसी सद्भाव कायम राख्न र मौलिक कला, संस्कृतिको जर्गेना गर्न वडा कार्यालयको केन्द्र्र निलासैनमा आयोजना गरिएको कार्यक्रम आईतबार भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय कलाकार धुव्र विक र स्थानीय कलाकार लक्ष्मी विकले आफ्नो प्रस्तुति राखेका थिए । पछिल्लो समय राष्ट्रिय स्तरमा चर्चा कमाईरहेका कलाकार धुव्रले दर्शकहरुलाई आफ्नो प्रस्तुतिबाट मनोरोञ्जन दिएका थिए । भने क्लबका विभिन्न नेतृहरु प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा हिरा रोकाया र राज बहादुर रोकाया बिच लाइभ देउडा सञ्चालन गरिएको थियो । स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न सञ्चालन गरिएको लाइभ देउडामा दर्शकहरु रमाएका थिए । कार्यक्रमका प्रमुख अतिथि एवंमा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले युवाहरु भविष्यका देश हाक्ने कर्णदार भएकाले युवाको चाहान अनुसारका सिर्जनात्मक गतिविधीहरु सञ्चालन गरिदै आएको बताएकी छन् ।
गाउँपाकिाले युवाहरुका सकारात्मक मागलाई सम्बोधन गर्दै आईरहेको स्मरण गराउँदै युवाहरुलै सिर्जनशिल हुनुपर्नेमा जोड दिएकी छन् । पछिल्लो समय कतिपय स्थानीय कला संस्कृतिहरु ओझेलमा पर्दै गएकाले यस्ता विभिन्न कार्यक्रमहरु मार्फत यसको महात्व बुझाइँ संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताएकी छन् ।
तिहारको शुभकामना सन्देश दिँदै उपाध्यक्ष थापाले तिहार भड्कीलो रुपमा भन्दा पनि आफूसंग जे छ त्यही किसिमले नमनाउँन बताउँदै हामीले मनाउँने हरेक चाड पर्वहरु विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको पनि बताएकी छन् ।
माउण्टेन भिजन युवा क्लवका अध्यक्ष भुपाल रोकायको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा रहनु भएको थियो । भने विशिष्ट अतिथिमा वडा नं.३ का वडाध्यक्ष गोरख बोहरा, वडा नं.४ का वडाध्यक्ष अमर विक, नेकपा एमाले गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकाया लगायत रहनुभएको थियो ।
त्यस्तै वडा सदस्य तुसार सार्की, मंगल रोकाया, गिता रोकाया, जना सार्की, इलाका प्रहरी कार्यालय गौमुलका विकास थापा, युवा संघ गौमुल गाउँपालिकाका संयोजक ज्ञान रोकाया, रेडियो गौमुलका अध्यक्ष ज्ञान बहादुर रोकाया, स्टेशन प्रवन्धक रमित विक लगायत अतिथिमा रहनुभएको थियो । क्लवका सचिव अविनास रोकायाले सञ्चालन गरेको कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
भलिबल प्रतियोगिताको उपाधी जेवाईसीलाई
माउण्टेन भिजन युवा क्लवले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी जेवाईसी युवा क्लव घाेगाला जितेकोे छ । आज भएको फाइनल खेलमा कौडाकोट स्पोर्ट क्लबलाई हराउँदै जेवासीले हात पारेको हो ।
उपाधीसंगै जेवाईसीले १२ हजार राशिको पुुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा द्धितीय कौडाकोट युवा क्लब भएको छ । भने तृतीय स्थान घटाला मष्टा पडिकोटले हात पारेको छ । द्धितीय कौडाकोटले ९ हजार नगद र तृतीय घटाला मष्टाले ६ हजार नगद प्राप्त गरेको छ । त्यस्तै महिला तर्फको भलिबल प्रतियोगितामा घटाला मष्टा मडिकोटले नै प्रथम स्थान हात पारेको छ । प्रथमसंगै ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
द्धितीय रकेट स्मृति युवा क्लव बगरले ३ हजार ५ सय प्राप्त गरको छ । भने तृतिय फूलबारी आमा समूह नकराडाले २ हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिता असोज ३१ गतेबाट सुरु गरिएको थियो । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले हस्तारन्त्रण गर्नुभएको थियो ।
प्रतिक्रिया