बाजुरा ःगौमुल गाउँपालिका-४ मा रहेको माउण्टेन भिजन युवा क्लबको आयोजना विजया दशमी तथा शुभदीपावलीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्तिक २ गते वडा कार्यालयको केन्द्र निलासैनमा बृहत् डेउडा कार्यक्रम र कलाकार ध्रव विक र स्थानीय कलाकार लक्ष्मी विकका समेत बेजोड प्रस्तुति रहने भएका छन् ।
यसअघि साविकको वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगीता सञ्चालन गरेको क्लबले आईतबार बिहाना १० बजेबाट हिरा रोकाया र खन्टे रोकायाबीच घम्साघम्सी डेउडा र कलाकारहरुका प्रस्तुति रहने गरी तयारी गरिएको क्लबका अध्यक्ष भूपाल रोकायाले बताएका छन् ।
स्थानीय मौलिक संस्कृतिको संरक्षणका लागि क्लबले डेउडा कार्यक्रम र कलाकारका प्रस्तुति सञ्चालन गर्ने गरी तयारी गरेको छ । कार्यक्रमलाई सफल पार्न सम्पूर्णको उपस्थितिका लागि समेत क्लब अनुरोध गरेको छ । वडा कार्यालयको आर्थिक सहयोग र क्लबको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।
प्रतिक्रिया