गाैमुल खबर डटकम शनिबार ०१, कार्तिक २०८२ १०:५२

गौमुल विकास समाजको वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २९, २०८२
गौमुल विकास समाजको वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न

बाजुरा ःगौमुल गाउँपालिकामा रहेको गौमुल विकास समाजको वार्षिक साधारण सभा तथा लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २९८१-०८२ को आर्थिक आयव्यय सहित हालसम्म गरेको विभिन्न गतिविधि सार्वजनिक गरेको हो । २०८२ वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भई गौमुल विकास समाजले आफ्नो नियमित कार्य अगाडी बढाएको थियो ।

महिलालाई सशक्तिकरण गर्ने उद्देश्य सहीत स्थापन गरिएको उक्त संस्थाले महिलाको नेतृत्व विकासमा ठुलो भूमिका खेल्दै आएको छ । गौमुल गाउँपालिकाको सभाहलमा सञ्चालन भएको प्रथम साधारण सभा तथा सामाजिक लेखा परिक्षणको वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव सरिता रोकायाले प्रस्तुत गर्नुभएको थियो ।

प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सचिव सरिता रोकायाले वडास्तरीय ६ वटा मुल समिति र ५० वटा सामुदायिक समूह आबद्ध सहित महिला पुरुष गरी १५ सय २९ जना सदस्यहरु रहेको बताएकी छन् । गौमुल विकास समाजमा आबद्ध सामुदायिक समूहरुको बचत ३० लाख ५० हजार ४ सय ३५ रुपैयाँ रहेको छ ।

भने ६ वटा मूल समितिको बचत कोषमा ५ लाख ६ हजार ८ सय रुपैयाँ रहेको रोकायाले बताएकी छन् । गौमुल विकास समाजको गतिविधि सार्वजनिक गर्दैै नीतिगत सुधार, सामुदायिक विकास अभियानहरुको सञ्चालन, आयआर्जन र जिविको पार्जन सुधारका क्रियाकलाप, महिला नेतृत्व विकास लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको बताईएको छ ।

आर्थिक वर्ष २०८१-०८२ को आर्थिक गतिविधि गौमुल विकास समाजका कोषाध्यक्ष प्रतिक्षा कुमारी रोकाया थापाले प्रस्तुत गरेकी हुन् । उनले आयतर्फ १५ हजार ८ सय भई रकम खर्च भएको बताएकी छन् । गौमुल विकास समाजका अध्यक्ष सुशीला कुमारी बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा रहनुभएको थियो ।

भने विशिष्ट अतिथिमा ५ नम्बर वडाअध्यक्ष कलक बहादुर सिंह, ३ नम्बर वडाअध्यक्ष गोरख बोहरा, ४ नम्बर वडाअध्यक्ष अमर विक, ६ नम्बर वडाका कार्यबाहक वडाअध्यक्ष कलक चदाँरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नाथ, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक लगायत रहनु भएको थियो ।

कार्यक्रममा सहकर्मी समाज कार्यक्रम संयोजक घनश्याम आचार्य, कार्यक्रम संयोजक चम्फासिंह भण्डारी, सुजाता घर्ती मगर, कर्मचारीको पनि उपस्थित रहेको थियो । संस्थाका सचिव सरिता रोकायाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न समूहमा आबद्ध समितिहरुको बोक्लो सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया