गाैमुल खबर डटकम शनिबार ०१, कार्तिक २०८२ ०८:३९

गौमुल विकास समाज संस्थाको नयाँ नेतृत्व सर्वसम्मत

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २९, २०८२
गौमुल विकास समाज संस्थाको नयाँ नेतृत्व सर्वसम्मत

बाजुरा ःगौमुल विकास समाज संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । आज भएको प्रथम साधारणसभाबाट नेतृत्व चयन भएको सहकर्मी समाज शक्ति परियोजनाका वरिष्ठ सामुदायिक प्रशिक्षक प्रदीप सार्कीले जानकारी दिएका छन् ।

गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा भएको प्रथम साधारणसभाबाट अध्यक्षा पुनः सुशीला बोहरा सर्वसम्मत चयन भएकी हुन् ।

समाजको उपाध्यक्षमा डम्बर बोहरा, सचिव सरिता रोकाया, कोषाध्यक्ष प्रतिक्षा रोकाया थापा, सहसचिव सविता सार्की, सदस्यमा प्रेम रोकाया, हाँसे रोकाया, कल्पना थापा रोकाया, बविता रोकाया, संगीता धामी रोकाया र दुर्गा खड्का रोकाया रहेका छन् । 

May be an image of one or more people and text

प्रतिक्रिया