गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:१८
Dho

दलित समुदायद्वारा पुरोहितबाट सामुहिक जनै धारण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ १५, २०८०
दलित समुदायद्वारा पुरोहितबाट सामुहिक जनै धारण

तनहुँः दलित समुदायले आफ्नै पुरोहितबाट सामुहिक रक्षाबन्धन तथा जनै धारण गरेका छन् । समाजमा जातीय विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि आफ्नै पुरोहितबाट सामुहिक रक्षा बन्धन तथा जनै धारणा कार्यक्रम गरिएको दलित अगुवाहरुले बताएका छन् । 

जातीय विभेद छिचोल्न जनै धारणसहित जनै पूर्णिमाका अवसरमा बिहीबार वैदिक विधिअनुसार रुद्री पाठ र ऋषितर्पणी पाठगरी जनै धारणसहित सामुहिक रक्षाबन्धन गरिएको अभियानकर्ता पूर्ण विकेले बताउनुभयो । 

वैदिक कर्मकाण्ड अङ्गाल्दै आएका तनहुँका दलित पुरोहितहरुले जनै पूर्णिमाको दिन आज  स्वयंले जनै धारणसहित सामुहिक रक्षाबन्धनको कार्यक्रम गरेको बताएका छन् । वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज तनहुँमा आवद्ध दलित पुरोहितले व्यास नगरपालिका ३ व्यास गुफा परिसरमा सामुहिक रक्षाबन्धन गरेका थिए ।

रक्षाबन्धन कार्यमा पूर्ण विश्वकर्मा घिमिरे, विश्ववुढा परियार, माधवबहादुर विश्वकर्मा र सूर्यबहादुर परियार लगायतका दलित समुदायका पुरोहितहरु खटिनुभएको थियो । समाजद्वारा व्यास नगरपालिका ३ अनसन चौतारीमा खुला रक्षाबन्धन कार्यक्रम आयोजना गरेको थियो ।  

दलित समुदायका पुरोहितहरु संगठित भई वैदिक ज्ञान प्रसारमा लाग्नु सकारात्मक भएको वैदिक पुरोहित समाज तनहुँका अध्यक्ष तुलसीराम पौडेलले बताउनुभयो । वेदले जातीय विभेद नगरेकाले सबै जात समान भएको पौडेलले बताउनुभयो । 

प्रतिक्रिया