गाैमुल खबर डटकम मङ्गलबार २८, असोज २०८२ ०६:५९

मिलेमतो बहुउद्देश्यीय सहकारीको अध्यक्षमा हर्क बोहरा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज २४, २०८२
मिलेमतो बहुउद्देश्यीय सहकारीको अध्यक्षमा हर्क बोहरा

बाजुरा ः गौमुल गाउँपालिका-१ अम्लिसमा अवस्थित मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा हर्क बोहरा सर्वसम्मत रूपमा चयन भएका छन् । सहकारीको १३ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

सर्वसम्मत रूपमा चयन भएको नयाँ सञ्चालक समिति अध्यक्ष हर्क बोहरा, उपाध्यक्ष भावना रोकाया, सचिव रतनबहादुर रोकाया, कोषाध्यक्ष सरिता रोकाया, सदस्यहरु दीपक बोहरा, भक्त रोकाया, कविता रोकाया, जनक रोकाया, राम चदाँरा, मना चदाँरा लगायत कुल ११ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।

त्यस्तै, लेखा सुपरिवेक्षण समितिमा संयोजक जयराम रोकाया र सदस्य मैना रोकाया तथा केशव रोकाया रहेका छन् । ऋण समितिमा संयोजक सरिता रोकाया, सदस्य शान्ति बोहरा, प्रेम रोकाया र दीपेन्द्र रोकाया रहेका छन् ।

सल्लाहकार समितिको संयोजकमा रामबहादुर रोकाया चयन भएका छन् । अधिवेशन बिहीबार एक औपचारिक समारोहका बीच सम्पन्न भएको थियो । अधिवेशनको बन्दशत्रबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको निवर्तमान अध्यक्ष सुरेन्द्र रोकायाले जानकारी दिएका छन् ।

संस्थाका व्यवस्थापक दीपेन्द्र रोकायाका अनुसार सहकारीले हालसम्म रु. २ करोड ४५ लाख भन्दा बढीको कारोबार गरेको छ भने शेयर सदस्य संख्या ८०६ जना पुगेको छ । गौमुल गाउँपालिकाभरका सहकारीमध्ये मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नमूना सहकारीको रूपमा अगाडी बढिरहेको मानिन्छ ।

मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेशन सुरु

प्रतिक्रिया