गाैमुल खबर डटकम मङ्गलबार २८, असोज २०८२ ०७:०३

मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेशन सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असोज २३, २०८२
मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेशन सुरु

बाजुरा ः गौमुल गाउँपालिका-१ अम्लिसमा रहेको मिलेमतोे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आजबाट सुरु भएको छ ।

सहकारीका अध्यक्ष सुरेन्द्र रोकायाले प्रतिवेदन, कोषाध्यक्ष रतनबहादुर रोकायाको आर्थिक प्रतिवेदन र लेखा संयोजक तुलाबहादुर रोकायाबाट लेखा प्रतिवेदन प्रस्तुत गरिएको हो ।

साधारणसभा तथा तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ । उक्त सहकारी संस्थाले हालसम्म २ करोड ४५ लाख बढीको कारोबार गरिरहेको छ । हालसम्म शेयर सदस्य ८ सय ६ जना रहेको व्यवस्थापक दीपेन्द्र रोकायाले बताएका छन् ।

व्यवस्थापक दीपेन्द्र रोकाया, लेखापाल ममता थापा र बजार प्रतिनिधि अञ्जना रोकायालाई संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको छ । सहकारीका अध्यक्ष सुरेन्द्र रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष देवेन्द्र बहादुर रोकाया रहेका थिए ।

कार्यक्रममा गौमुल गाउँपालिकाका प्रवक्ता देवबहादुर रोकाया, कार्यपालिका सदस्य मैना चदाँरा विशिष्ट अतिथिको रुपमा सहभागी बनेका हुन् ।

कार्यक्रममा अधिवक्ता सुरेश रोकाया, अन्द्राडी लघुजलविद्यतु आयोजनाका अध्यक्ष धनबहादुर बोहरा, जनप्रकाश उमावि कोल्टीका निमित्त प्रधानाध्यापक धनबहादुर रोकाया, वडा सदस्य फुगे रोकाया लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम, नृत्य समेत प्रस्तुत गरिएका थिए । कार्यक्रममा शेयर सदस्य, स्थानीय भद्रभलाद्मी लगायतको सहभागीता रहेको थियो । साधारणसभाको बन्दशत्र शुक्रबार बिहानाबाट सुरु हुने कार्यतालिका रहेको छ । 

May be an image of 3 people

प्रतिक्रिया