बाजुरा ः गौमुल गाउँपालिकाका प्रवक्ता देवबहादुर रोकायाले सहकारीलाई उचाइमा पुरयाउन सहयोग गर्ने बताएका छन् । बिहीबार मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको सम्बोधन गर्दै वडा अध्यक्ष समेत रहेका रोकायाले यस्तो बताएका हुन् ।
गाउँका बैंक नै सहकारी भएकोले सहकारीको समृद्धिका लागि पहल गरिने उल्लेख गरेका छन् । सदस्यबीचको विश्वास, पारदर्शी व्यवस्थापन र सहकार्यको भावना नै सफल सहकारीको मूल आधार भएकोमा जोड दिएका छन् ।
मिलेमतोल यहीँ मूल्यमा आधारित भएर राम्रो उदाहरण प्रस्तुत गरिरहेको बताएका छन् । आगामी दिनहरूमा सहकारी अझ मजबुत र आत्मनिर्भर संस्था बनेर सदस्यहरूको जीवनस्तर उकास्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया