बाजुरा ः गौमुल गाउँपालिका-१ का वडा अध्यक्ष देवेन्द्रबहादुर रोकायाले सहकारी गरिब र विपन्नको सारथी भएको बताएका छन् ।
मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सहकारीको मर्म नै “सबैको सहभागिता, सबैको लाभ” भएकोले यही भावना अनुसार पारदर्शीता, उत्तरदायित्व र आत्मनिर्भरताको मार्गमा सहकारी अघि बढिरहेको देख्दा गर्व लागेको बताएका छन् ।
आगामी दिनमा पनि शेयर सदस्यको हित, समुदायको विकास, र देशको समृद्धिको निम्ति अझ प्रभावकारी ढंगले सञ्चालनका लागि आफुले सहयोग गर्ने वचन दिएका छन् ।
प्रतिक्रिया