गाैमुल खबर डटकम बिहीबार २३, असोज २०८२ ०१:४४

गौमुलको देशका लागि दुई दिन : संगमले गर्यो श्रमदानमा बाटो मर्मत

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २२, २०८२
गौमुलको देशका लागि दुई दिन : संगमले गर्यो श्रमदानमा बाटो मर्मत

बाजुरा ःगौमुल गाउँपालिकाले लागू गरेको देशको विकासका लागि दुई दिन कार्यक्रमको कार्यान्वनका लागि गाउँपालिकाबासी सक्रिय छन् ।

गौमुल गाउँपालिकाले लिएको देशको विकासका लागि दुई दिन श्रमदान गर्ने नीतिलाई कार्यान्वयन गर्न स्थानीय सक्रिय रुपमा लागिरहेका छन् ।

पछिल्लाे समय उक्त नीतिलाई विभिन्न क्लबले समेत पालना गर्न थालेका छन् । गौमुल गाउँपालिका-६ सटेडामा रहेको संगम स्मृति युवा क्लबले आज घट्मुनादेखि देवस्थली आधारभूत विद्यालय सटेडासम्म जाने बाटो मर्मत गरेको क्लबका सचिव सुरेन्द्र कुमार रोकायाले जानकारी दिएका छन् ।

वर्षाको समयमा ठाउँ–ठाउँमा भत्किएको करिब डेढ किलो मिटर बाटो मर्मत गरिएको छ । क्लबमा आवद्ध पदाधिकारी, सक्रिय सदस्य, सल्लाहकार, गाउँका समाजसेवी लगायत ४० बढीको सहभागीतामा निर्माण तथा मर्मत गरिएको हो ।

क्लबले आगामी तीनदिनसम्म विभिन्न टोलका समेत बाटोहरु मर्मत तथा निर्माण गर्ने भएको छ । बिहीबार कीर्तिचौर माविदेखि सटेडा गाउँ, दडीपाटादेखि देवस्थली विद्यालयसम्म निर्माण गरिने भएकोले सबैको सहभागीताका लागि समेत अनुरोध गरेको छ । 

खाली समयमा अरुको कुरा काट्न र नकरात्मक टिप्पणी गर्ने मात्र व्यस्त हुने तर विकासको नाममा सिन्को नभाँच्ने प्रवृत्तिको अन्त्यका लागि कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

सबै कामका लागि बजेट पर्खिनुपर्ने र राज्यकै सहारामा बाँच्नुपर्ने मानसिकताको अन्त्य गरी राज्यप्रति नागरिकको जिम्मेवारी बढाउन गौमुल सरकारले नीति अवलम्बन गरेको थियो । 

प्रतिक्रिया