गाैमुल खबर डटकम सोमबार १०, कार्तिक २०८२ १०:०५

मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेशन हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २२, २०८२
मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेशन हुने

बाजुरा ः गौमुल गाउँपालिका-१ अम्लिसमा रहेको मिलेमतोे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन हुने भएको छ ।

यहीँ असोज २३ गते केन्द्रीय कार्यालय अम्लिसमा हुने गरी सम्पूर्ण तयारी पूरा भएको व्यवस्थापक दीपेन्द्र रोकायाले गौमुल खबर डटकमसंग बताएका छन् ।

साधारणसभा तथा तेस्रो अधिवेशनको प्रमुख आतिथ्यता वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाले गर्ने गरी कार्यक्रम तय भएको छ । साधारणसभा तथा तेस्रो अधिवेशनमा नयाँ नेतृत्व चयन, आर्थिक प्रतिवेदन प्रस्तुत, लेखा प्रतिवेदन, अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिने सहकारीका अध्यक्ष सुरेन्द्र रोकायाले बताएका छन् ।

गौमुल गाउँपालिकामा नमूना सहकारीको रुपमा मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले लय समातेको छ । उक्त सहकारी संस्थाले हालसम्म २ करोड ४५ लाख बढीको कारोबार गरिरहेको छ । 

प्रतिक्रिया