बाजुरा ः गौमुल गाउँपालिका-६ बसाला, दाउँरेगाउँमा रहेको घटाल आधारभूत विद्यालयको आयोजनामा आज बृहत् साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको थियो ।
विद्यालय प्राङणमा विजया दशमी तथा शुभदीपावलीको पावन अवसरमा विविध साँस्कृतिक कार्यक्रम, महिला डेउडा प्रतियोगीता, विद्यालय सेवा क्षेत्र स्तरीय महिला पुरुष भलिबल प्रतियोगीता आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक चदाँराले बताएका छन् ।
हरेक वर्ष दशैं तथा शुभदीपालीको अवसरमा कार्यक्रमको आयोजना गर्दै आएको उक्त विद्यालयले यसवर्ष सोही कार्यक्रमको निरन्तरता दिईएको प्रधानाध्याक हर्कबहादुर थापाले बताएका छन् ।
आज पहिलो दिन कलाकार ध्रुव विकका बेजोड प्रस्तुतिहरु, स्थानीय कलाकार लक्ष्मी विकका प्रस्तुतिका साथ सञ्चालन गरिएको थियो । विद्यालयका सदनात्मक नृत्य प्रस्तुत र कार्यक्रममा स्थानीय लोक संस्कृतिको जगेर्नाका लागि टोल स्तरका महिलाबीच बृहत् डेउडा घम्साघम्सी समेत सञ्चालन गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कलक चदाँराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए ।
उक्त कार्यक्रममा गौमुल गाउँपालिका ६ का वडा अध्यक्ष प्रकाश रोकाया, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्राविधिक सहायक जगत थापा, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, सूर्येदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्याम रोकाया, सिमधारा लघुजविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष कलक रोकाया विशिष्ट अतिथि रहेका थिए ।
त्यस्तै नवज्योति आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जंग रोकाया, सरस्वती विद्या मन्दिरका प्रधानाध्यापक वीरबहादुर रोकाया, शिक्षक जनक थापा, विद्यालय सेवाक्षेत्रका भद्रभलाद्मी लगायत अतिथिको रुपमा सहभागी बनेका हुन् ।
विद्यालयका प्रधानाध्यापक हर्कबहादुर थापाले कार्यक्रमका बारेमा स्पष्ट पारेका थिए भने शिक्षक चन्द्र रोकायाले कार्यक्रमको सञ्चालन गरेका हुन् । कार्यक्रमको पहिलो दिन भलिबल प्रतियोगीता समेत पहिलो चरण प्रतिस्पर्धा गरिएको छन् । पहिलो दिन मैमातोला टोल र बाडी टोलबीच सञ्चालन गरिएकोमा बाडी टोलले जित्न सफल भएको बताईएको छ ।
प्रतिक्रिया