गाैमुल खबर डटकम सोमबार १०, कार्तिक २०८२ १०:०७

ब्रहमदेव सामुदायिक वनको दोस्रो साधरणसभा सम्पन्न, अध्यक्षमा पुन: थापा सर्वसम्मत

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज १८, २०८२
ब्रहमदेव सामुदायिक वनको दोस्रो साधरणसभा सम्पन्न, अध्यक्षमा पुन: थापा सर्वसम्मत

बाजुरा ःगौमुल गाउँपालिका-६ बसालामा रहेको ब्रहमदेव सामुदायिक वन उपभोक्ता समितिको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

सरस्वती विद्या मन्दिर आधारभूत विद्यालयको प्राङगणमा आयोजित कार्यक्रममा सामुदायिक वनको अवस्था बारे जानकारी अध्यक्ष जैधे बुढ्थापा (जनक) र २०७५ सालदेखि २०८२ सालसम्मको आर्थिक प्रतिवेदन धनबहादुर रोकायाले सार्वजनिक गरेका थिए ।

२०६१ सालमा स्थापना भएको उक्त सामुदायिक वनलाई थप क्रियाशील बनाएर लैजान अधिकांशको कार्यक्रममा सुझाव रहेको थियो । आज भएको दोस्रो साधारणसभाबाट पुन: जैधे बुढ्थापा (जनक) अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

विगत २१ वर्षदेखि सेवा गर्दै आएका थापालाई पुन: अध्यक्षमै दोहोरिन उपभोक्ताहरुले आग्रह गरेका छन् । जसमा उपाध्यक्ष जला थापा, सचिव खेम रोकाया, कोषाध्यक्ष कलु चदाँरा, सहसचिव मन रोकाया, सदस्यमा रवीन्द्र बोहरा, खन्टी रोकाया, लक्ष्मी रोकाया, ज्ञान रोकाया, लालबहादुर थापा र धनीदेवी रोकाया रहेका छन् ।

उक्त सामुदायिक वनको सल्लाहकार समितिको संयोजकमा वीरबहादुर रोकाया, धनबहादुर रोकाया, केशर रोकाया, कलक चदाँरा र प्रेम रोकाया रहेका छन् । 

सामुदायिक वनको हितका लागि योगदान गर्ने चार जनालाई सम्मान

ब्रहमदेव सामुदायिक वन उपभोक्ता समितिको दोस्रो साधारणसभाले वनको हितका लागि योगदान गर्ने चार जनालाई सम्मान गरेको छ ।

सामुदायिक वनको संरक्षणका लागि आफ्नो अमूल्य योगदान दिने घटाल आधारभूत विद्यालयका प्रधानाध्यापक हर्कबहादुर थापा, सिमधारा लघुजलविद्युत आयोजना उपभोक्ता समितिका व्यवस्थापक धनबहादुर रोकाया, स्थानीय समाजसेवी मानबहादुर रोकाया र वन रक्षक कपुरे थापालाई प्रशंसापत्रका साथ सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले सम्मान गरेका हुन् । 

प्रतिक्रिया