गाैमुल खबर डटकम सोमबार १०, कार्तिक २०८२ १०:०५

सामुदायिक वनको हैसियत सुधार गर्न जरुरी छ : समन्वय प्रमुख रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज १८, २०८२
सामुदायिक वनको हैसियत सुधार गर्न जरुरी छ : समन्वय प्रमुख रोकाया

बाजुरा ःजिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले जिल्लाका सामुदायिक वन उपभोक्ता समितिको हैसियत सुधार गर्न जरुरी रहेको बताएका छन् । गौमुल गाउँपालिका-६ बसालामा रहेको ब्रहमदेव सामुदायिक वन उउपभोक्ता समितिको दोस्रो साधारणसभाको सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

जिल्लाका कतिपय सामुदायिक वनहरुले आफ्नो अभिलेखिकरण समेत राख्न जरुरी रहेकोमा जोड दिदैं बुदाँमा गरिएका क्रियाकलाप राख्न आग्रह गरेका छन् । वनमा दुईवटा कुराहरु हैसियत, अभिलेखिकरण र आर्थिक पारदर्शीता चुस्तदुरुस्त हुनुपर्ने उल्लेख गर्दै उपभोक्ता समेत सचेत हुनुपर्ने बताएका छन् ।

सामुदायिक वनको समुचित ढंगले संरक्षण गर्न सबैको दायित्व हुने भएकोले कानून र नीति अनुसार चल्नुपर्नेमा अनुरोध गरेका छन् । कानूनी र नैतिक हिसाबले सामुदायिक वन ठीन तरिकाले सञ्चालन र नियमन हुनुपर्ने भएकोले वनको कानूनले कसैलाई नछोड्ने बताएका छन् ।

वनमा आगो लगाएमा घाँस उत्पादन हुन्छ भन्ने गलत मान्यता समाजमा व्याप्त रहेकोले यसको नियमन गरी बाख्रा पालक कृषकले एक बिरुवा अनिवार्य रुपमा रोप्नुपर्ने नीति बनाउन समेत आग्रह समन्वय प्रमुखको रहेको छ ।

ब्रहमदेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जैधे बुढ्थापा (जनक) काे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहनुभएको थियो ।

कार्यक्रममा गौमुल गाउँपालिका-६ का वडा सदस्य कलक चदाँरा, गौमुल गाउँपालिका-२ का वडा सदस्य प्रेम रोकाया, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, सिमधारा लघुजलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष कलक रोकाया, सूर्येदय बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष श्याम रोकाया लगायतले शुभकामना मन्तव्य दिएका थिए । सोही कार्यक्रममा फुलपाटा माविका शिक्षक खगेन्द्र धामी लगायत स्थानीय भद्रभलाद्मी र उपभोक्ताहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया