गाैमुल खबर डटकम शुक्रबार १४, कार्तिक २०८२ ०६:३७

भालुको आक्रमणबाट बाजुराका एक युवक घाइते

थप घटना हुन नदिन स्थानीयले आक्रमण गर्ने भालु मारे
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज १८, २०८२
भालुको आक्रमणबाट बाजुराका एक युवक घाइते

बाजुरा : भालुको आक्रमणबाट बाजुराका एक जना युवक घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका-६ पिपलतोलाका २० वर्षीया प्रकाश बुढा भालुको आक्रमणबाट घाइते भएका हुन् ।

शुक्रबार दिउँसो बाख्रा चराएर जंगलबाट घर फर्किने क्रममा एक्कासी जंगली जनावर भालुको आक्रमणमा परि घाइते भएको स्थानीयले बताएका छन् । घाइते बुढाको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ । जंगली जनावर भालुले आक्रमण गरी बुढालाई घाइते बनाएपछि थप घटना हुन नदिन भालु नै स्थानीयहरुले मारेका छन् ।

बुढालाई आक्रमणपछि फेरि आक्रमण गर्न सम्भावनाा बढेपछि स्थानीयहरु मिलेर भालु नियन्त्रणमा लिने क्रममा मरेको स्थानीयले बताएका छन् । नियन्त्रणमा लिने क्रममा जंगली जनावर भालु मरेपछि डिभिजन वन  कार्यालय बाजुरामा खबर गरिएको बताईएको छ ।

प्रतिक्रिया