गाैमुल खबर डटकम शुक्रबार १४, कार्तिक २०८२ ०६:२४

दुई पक्षबीच विवाद हुदाँ झडप ३ जना घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज १७, २०८२
दुई पक्षबीच विवाद हुदाँ झडप ३ जना घाइते

बाजुरा ः त्रिवेणी नगरपालिका-२ स्थित गाउँमा आयोजित डेउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

बिहीबार राति भएको झडपमा परेर त्रिवेणी नगरपालिका-३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेश साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार मनोज साउँदको घाँटी, निधार र दाँहिने हातमा चोट लागेको छ भने दिनेश साउँदको घाँटी र बाँया पाखुरामा चोट लागेको छ ।

त्यस्तै तपेश साउँदको दाँहिने हातको नाडीमा सामान्य चोट लागेको बुझिएकाे छ । घाइतेहरुलाई आफन्तले उपचारका लागि धनगढी लगेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न मध्ये त्रिवेणी-५ का २० वर्षीय तेज बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न फरार रहेकाहरुको खोजी कार्य भइरहेको छ ।
 

प्रतिक्रिया