गाैमुल खबर डटकम सोमबार १०, कार्तिक २०८२ १०:०५

बाँदरले मकै सखाप पार्न थालेपछि गौमुलका किसान चिन्तामा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज ०५, २०८२
बाँदरले मकै सखाप पार्न थालेपछि गौमुलका किसान चिन्तामा

बाजुरा ः गौमुल गाउँपालिकामा बाँदरले मकै खान थालेपछि कृषक चिन्तित बनेका छन् । गाउँपालिकाका सबै वडाका अधिकांश गाउँमा बाँदरले मकै सखाप पारेपछि किसान चिन्तित बनेका हुन् । किसान मकै जोगाउन काम छोडेर बाँदर धपाउन लागि परेका छन् ।

‘बाँदरको हुल पस्यो भने छिनभरमा बारी भरिको मकै सखाप पार्छ, बिहानैको झिसमिसेदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर बारीमा बस्ने गरेको गौमुल गाउँपालिका-६ टुनीका धनबहादुर विकले बताएका छन् ।

बाँदरले मकै र कोदोबाली नष्ट गर्न थालेपछि भोकमरी पो हुने हो कि भन्ने चिन्ताले सताउन थालेको दुखेसो पोखेका छन् । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्न थालेपछि अरू काम धन्दा छाडेर बाँदर धपाउनमै कतिपय किसनाहरु व्यस्त रहेका छन् ।बाँदरबाट बाली जोगाउन एकाबिहानै खेतबारी पुग्नेका कृषक साँझ नपरुञ्जेलसम्म बाली कुरेर बस्ने गर्छन् ।
 

प्रतिक्रिया