बाजुरा ःगौमुल गाउँपालिका-१ मा रहेको अम्लिस माध्यामिक विद्यालयको आर्थिक वर्ष ०८१-८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम र शैक्षिक सत्र ०८२ सालको प्रथम त्रमासिक परीक्षाको नतिजा प्रकाशन सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकबीच बृहत अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको विद्यालयको लेखापाल तुला रोकायाले जानकारी दिएका छन् ।
शिक्षक अभिभावक संघका अध्यक्ष हिक्मत रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि कार्यबाहक वडा अध्यक्ष फुगे रोकाया रहेका थिए । कार्यक्रममा वडा सदस्य लगायत स्थानीय भद्रभलाद्मी, महिला समूह लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक जीवन रोकायाले गरेका थिए । कार्यक्रमको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक वडा अध्यक्ष फुगे रोकायाले विद्यालयको उन्नति, प्रगतिका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया