बाजुरा ः गौमुल गाउँपालिकाद्धारा सञ्चालित रेडियो गौमुलको प्रसारण सेवा नियमित सुचारु भएको छ । विगत केही महिनादेखि प्राविधिक समस्याका कारण बन्द अवस्थामा रहेको प्रसारण सेवा पुनः सुचारु भएको रेडियो गौमुल सञ्चालन समितिका अध्यक्ष ज्ञान बहादुर रोकायाले बताएका छन् ।
रेडियोको मुख्य प्रसारणमा रहेका केही उपकरणहरु चट्याङ्ग र अन्य मर्मत कार्यमा ढिलाई भएका कारण दैनिक सुचारु हुन नसकेको उहाँले बताएका छन् । विगत केही महिना रेडियोको दैनिक सेवा बन्द हुदाँ आम श्रोतागण र पाठकहरुमा परेको असुविधा प्रति रेडियो सञ्चालन समितिका अध्यक्ष रोकायाले क्षमा याचना मागेका छन् ।
रेडियोमा प्राविधिक टोली समस्या समाधानमा सक्रिय रुपमा जुटेर चाडैं प्रसारण सेवा सुरु भएकोले नियमित पूर्ववत् कार्यक्रम थप कार्यक्रम दैनिक प्रसारण हुने स्टेशन प्रबन्धक रमित विकले बताएका छन् । रेडियो गौमुल तपाईको आफ्नै आवाज भएका कारण थप सुझाव सल्लाह र प्रतिक्रियाको अपेक्षा रेडियो परिवारले गरेको छ ।
प्रतिक्रिया