बाजुरा ः बाजुरामा झण्डै साढे एक किलो चरेश सहित एक युवक पक्राउ परेका छन् । बुढीनन्दा नगरपालिका-१० बस्ने २८ वर्षीया वीरेन्द्र थापा समातिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन् ।
बडीमालिका नगरपालिका बाउली नजिक थापा बुधबार पक्राउ परेका छन् । सुराकीका आधारमा प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अन्य आवश्यक अनुसन्धान जारी राखेको छ ।
प्रतिक्रिया