बाजुरा ः गौमुल गाउँपालिका-२ पौदालीमा रहेको हिमशिखर आधारभूत विद्यालयको ४ कोठे भवन माथिबाट पहिरो खस्दा दुईवटा कक्षा कोठा भत्किएका छन् । मंगलबार राति आएको अविरल वर्षाका कारण विद्यालय माथिबाट पहिरो खस्दा भत्किएको प्रधानाध्यापक रामबहादुर बोहराले बताएका छन् ।
पहिरोले कक्षा कोठामा रहेको शैक्षिक सामाग्री तथा बेन्च डेस्क सहित पूर्ण रुपमा भत्किएको उनले गौमुल खबर डटकमसंग बताएका छन् । पहिरोको जोखिमका कारण विद्यालय नै जोखिम अवस्थामा रहेको छ ।
पहिरोले सिंगो विद्यालय जोखिममा रहेसंगै दैनिक पठनपाठनमा समेत समस्या सिर्जना हुने भएको छ । यता गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले तत्काल समस्या समाधानका लागि पहल गर्ने बताएकी छन् ।
आवश्यक क्षतिको एकिन विवरण सहित समस्या समाधान गरिने वचन दिएकी छन् । मनसुन बाहिरिने बेला वर्षाको सम्भावना बढी हुने भएका कारण सचेत हुन गाउँपालिकाबासीलाई आग्रह समेत गरिएको छ ।
प्रतिक्रिया