गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४०
Dho

बाजुराकी उज्जली सुनारले बाटोमै जन्माईन बच्चा

गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ११, २०८०
बाजुराकी उज्जली सुनारले बाटोमै जन्माईन बच्चा

बाजुरा : जिल्लामा एक जना महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चाको जन्म दिएकी हुन् । सुत्केरी व्यथा लागेपछि सुनारलाई उनका आफन्तले अछामको बयालपाटा अस्पतालमा लिएका थिए । 

अस्पतालमा डाक्टरले चेकजाँच गर्दा बच्चा पाउने अवधी १४ दिन नाघिसकेकोले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । अप्रेसन गर्नुपर्ने डरले भारतको नयाँ दिल्ली जान्छु भनेर घर फर्किने क्रममा बाटोमै जिवित सन्तान जन्माएको बुढीगंगा नगरपालिका–१० का वडा अध्यक्ष दलबहादुर साउँदले बताएका छन् ।

व्यथाले च्यापेपछि सोही वडाको पानीभुवाँ भन्ने सडकमा ढलेको अवस्थामा स्वास्थ्यकर्मी सिर्जना सार्कीले भेटाएको बताईएको छ । स्वंयम वडा अध्यक्ष दल बहादुर साउँद, स्वास्थ्य ईन्चार्ज लक्ष्मी जोशीको रोहवरमा अनमी सिर्जना सार्कीले सुत्केरी गराउन सफल भएको बुझिएको छ । सुत्केरी महिलाको आफन्त नभएकोले घरसम्म लिन समस्या भएको छ ।

प्रतिक्रिया