गाैमुल खबर डटकम शुक्रबार २१, कार्तिक २०८२ ०५:२६

दशैंका लागि सुकिला नोट साट्न सुरू

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २९, २०८२
दशैंका लागि सुकिला नोट साट्न सुरू

काठमाडौं : नेपाल राष्ट्र बैंकले बडादशैँका लागि आवश्यक पर्ने सुकिला नोट साट्न सुरु गरेको छ । आइतबारबाट बैंकले देशभर सुकिला नोट साट्ने व्यवस्था गरेको हो । असोज १० गतेसम्म सुकिला नोट साट्न सकिने बैंकले जनाएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सकिने छ ।

त्यस्तै  इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुने बैंकले जनाएको छ । राष्ट्र बैंकले ५ देखि एक सय दरसम्मका सुकिला नोट प्रतिव्यक्ति बढिमा १ सेट अर्थात् १८ हजार ५ सय सटही गरिने जनाएको छ । 

प्रतिक्रिया