गाैमुल खबर डटकम सोमबार ०१, भदौ २०८३ ०५:१७

कसैको झोला खाली नरहोस्, कसैको पढाइ नछुटोस् : गौमुलका ५० विद्यार्थीलाई छात्रवृत्ति

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०१, २०८३
कसैको झोला खाली नरहोस्, कसैको पढाइ नछुटोस् : गौमुलका ५० विद्यार्थीलाई छात्रवृत्ति

बाजुरा ःगौमुल गाउँपालिकामा अति विपन्न, गरिब, टुहुरा, अपाङ्गता भएका तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति वितरण गरिएको छ ।

गौमुल गाउँपालिकाको समन्वय तथा प्लान इन्टरनेशनल नेपालसंगको सहकार्यमा पीसविन नेपालद्वारा सञ्चालित आभा परियोजनाको सहयोगमा गाउँपालिकाभित्रका ८ वटा विद्यालयका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

गाउँपालिकाको केन्द्र घट्मुनामा आयोजित कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले विद्यार्थीहरुलाई छात्रवृत्ति सामग्री हस्तान्तरण गरेका हुन् ।

छात्रवृत्ति अन्तर्गत विद्यार्थीहरुलाई विद्यालय झोला, विद्यालय पोशाक तथा आवश्यक स्टेशनरी सामग्री वितरण गरिएको छ ।

विद्यालयको सिफारिसका आधारमा अति विपन्न, गरिब, टुहुरा, अपाङ्गता भएका तथा अध्ययनमा उत्कृष्ट विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिएको पीसविन नेपालका सुपरभाइजर वीरेन्द्र रावलले जानकारी दिएका छन् ।

आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन समस्या भोगिरहेका विद्यार्थीलाई छात्रवृत्तिले अध्ययनमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।

छात्रवृत्तिले विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित हुन, अध्ययनप्रति थप उत्साहित बन्न तथा आर्थिक अभावकै कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रोकायाले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताएका छन् ।

विपन्न तथा असहाय बालबालिकाको शैक्षिक भविष्य निर्माणका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाइएको छ ।

गौमुलका ८ वटा विद्यालयबाट छनोट भएका ५० जना विद्यार्थीलाई गरिएको यो सहयोगले ‘आर्थिक अभावले पढाइ रोक्नु पर्दैन’ भन्ने सन्देश दिनुका साथै शिक्षामा समान अवसरको वातावरण निर्माणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया