गाैमुल खबर डटकम बुधबार ०३, भदौ २०८३ ०५:०६

‘जुनाको जीवन बचाइदिनुस्’ : मुटुको शल्यक्रियाका लागि आर्थिक सहयोग जुटाउँदै परिवार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ ०२, २०८३
‘जुनाको जीवन बचाइदिनुस्’ : मुटुको शल्यक्रियाका लागि आर्थिक सहयोग जुटाउँदै परिवार

बाजुरा ःबाजुराको गौमुल गाउँपालिका-१ अम्लिस निवासी जुना बोहरा यतिबेला गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्। केही समयदेखि बिरामी रहेकी बोहराको हाल काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

उपचारका क्रममा मुटुमा गम्भीर समस्या देखिएपछि चिकित्सकहरुले तत्काल मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको बताएका छन्। चिकित्सकका अनुसार आवश्यक शल्यक्रिया तथा उपचारबाट उहाँलाई पुनः सामान्य अवस्थामा फर्काउन सकिने सम्भावना रहेपनि त्यसका लागि ठूलो रकम आवश्यक पर्ने भएको छ।

तर, बोहराको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारका लागि आवश्यक रकम जुटाउन कठिन भइरहेको श्रीमान ध्रुव बाेहराले बताएका छन् । उपचारमा ढिलाइ हुँदा थप जोखिम निम्तिन सक्ने भएकाले अहिले उहाँको जीवनरक्षाका लागि आर्थिक सहयोग अत्यन्तै आवश्यक देखिएको छ।

तपाईंले गर्ने सानो सहयोग पनि जुना बोहराको उपचारका लागि ठूलो सहारा बन्न सक्छ। त्यसैले उहाँको जीवन बचाउने अभियानमा साथ दिन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली, आफन्त, शुभेच्छुक, समाजसेवी तथा सहयोगी मनहरुमा परिवारले हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया