गाैमुल खबर डटकम बुधबार १०, भदौ २०८३ ०७:०६

बोली भन्दा काममा विश्वास : अमर विकको नेतृत्वमा मानाकोट स्वास्थ्य चौकी बन्यो उत्कृष्ट

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ १०, २०८३
बोली भन्दा काममा विश्वास : अमर विकको नेतृत्वमा मानाकोट स्वास्थ्य चौकी बन्यो उत्कृष्ट

बाजुरा ःगौमुल गाउँपालिका-४ निलासैनमा रहेको मानाकोट स्वास्थ्य चौकीले गाउँपालिकाभित्रका १० वटै स्वास्थ्य संस्थालाई पछि पार्दै आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन मूल्याङ्कनमा प्रथम स्थान हासिल गरेको छ।

गौमुल गाउँपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य सेवा प्रवाह तथा सम्पादित स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकका आधारमा गरेको मूल्याङ्कनमा मानाकोट स्वास्थ्य चौकी प्रथम भएको हो।

गाउँपालिकाले २०८३ साल भदौ ८ गतेदेखि १० गतेसम्म सञ्चालन गरेको पालिका स्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य चौकीलाई प्रथम स्थान प्राप्त गरेको प्रमाणपत्र प्रदान गरिएको छ।

स्वास्थ्य चौकीले हासिल गरेको यो उपलब्धिलाई वडा नं. ४ को स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ। सीमित स्रोत-साधनका बीच पनि नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले गरेको निरन्तर मेहनत, जिम्मेवारीबोध, समर्पण र सेवाभावले यो सफलता सम्भव भएको बताइएको छ।

वडा अध्यक्ष अमर विकले मानाकोट स्वास्थ्य चौकी प्रथम हुनु संस्थाको मात्र सफलता नभई नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने अभियानमा निरन्तर खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको साझा उपलब्धि भएको बताएका छन्।

उनले स्वास्थ्य सेवाको गुणस्तर अझै सुधार गर्दै वडाका नागरिकलाई सहज, भरपर्दो र प्रभावकारी सेवा उपलब्ध गराउन आगामी दिनमा पनि निरन्तर सहकार्य र पहल आवश्यक रहेको बताएका छन्।

वडा अध्यक्ष विकले मानाकोट स्वास्थ्य चौकीका सम्पूर्ण स्वास्थ्यकर्मीलाई हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दै नागरिकको स्वास्थ्य सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गरेका छन्।

गाउँपालिकाभित्रका १० स्वास्थ्य संस्थामध्ये प्रथम स्थान हासिल गरेसँगै मानाकोट स्वास्थ्य चौकीले वडा नं. ४ को स्वास्थ्य सेवामा नयाँ पहिचान स्थापित गरेको छ।

यो उपलब्धिले स्वास्थ्यकर्मीको मनोबल बढाउनुका साथै आगामी दिनमा नागरिकलाई अझ गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

May be an image of text

प्रतिक्रिया