गाैमुल खबर डटकम बुधबार ०३, भदौ २०८३ ०८:४९

काखमा खेल्ने उमेरमा क्यान्सरसँग संघर्ष : ३ वर्षीय जेनिशको उपचारमा आर्थिक संकट, सहयोगको अपिल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०३, २०८३
काखमा खेल्ने उमेरमा क्यान्सरसँग संघर्ष : ३ वर्षीय जेनिशको उपचारमा आर्थिक संकट, सहयोगको अपिल

बाजुरा ः गौमुल गाउँपालिका-१ अन्द्राडीका ३ वर्षीय बालक जेनिश बोहरालाई ब्लड क्यान्सर भएपछि उनको परिवार यतिबेला ठूलो पीडा र आर्थिक संकटमा परेको छ। हिक्मत बोहरा र सुशीला रावलका छोरा जेनिशको हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ।

सानै उमेरमा गम्भीर रोगसँग संघर्ष गरिरहेका जेनिशको उपचार लामो र खर्चिलो बन्दै गएपछि कमजोर आर्थिक अवस्था भएको परिवारलाई उपचार खर्च जुटाउन कठिन भइरहेको छ। काखमा खेल्ने उमेरका बालक अस्पतालको शय्यामा जीवनसँग संघर्ष गरिरहेको अवस्थाले परिवारलाई थप भावविह्वल बनाएको छ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि आवश्यक रकम जुटाउन समस्या भइरहेको स्थानीय धनबहादुर बोहराले जानकारी दिएका छन्। उनका अनुसार जेनिशको उपचारमा सहयोग आवश्यक रहेकाले देश-विदेशमा रहेका बाजुरेली, स्थानीयबासी, संघसंस्था तथा सहयोगी मनहरुलाई यथासक्य सहयोग गरिदिन आग्रह गरिएको छ।

३ वर्षको कलिलो उमेरमै जीवनकै कठिन परीक्षामा रहेका जेनिशलाई अहिले औषधिसँगै तपाईं-हाम्रो साथ र सहयोगको पनि खाँचो छ। थोरै-थोरै सहयोगले पनि उनको उपचारमा ठूलो राहत पुग्न सक्छ। एउटा बालकको जीवन बचाउने अभियानमा हातेमालो गरिदिन परिवारले सबैमा हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया