काठमाडौं : चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा ६ वटा शव भेटिएको छ। शव कसको हो भन्ने पुष्टि भएको छैन। जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको भाटभटेनी सुपर मार्केटको भवन सफा गर्ने क्रममा ६ वटा शव भेटिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपील राज बोहराले भवनभित्र ६ वटा शव भेटिएको जानकारी दिए। उनका अनुसार शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।सुपर मार्केट आजगनीबाट पूर्ण ध्वस्त भएको छ।





प्रतिक्रिया