गाैमुल खबर डटकम बिहीबार २६, भदौ २०८२ ०८:२७

गौमुल सरकार वर्षाले भत्केको बाटो निर्माण गर्दै, जनतालाई सेवा दिदैं

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ २६, २०८२
गौमुल सरकार वर्षाले भत्केको बाटो निर्माण गर्दै, जनतालाई सेवा दिदैं

बाजुरा ः गौमुल गाउँपालिकाले यसवर्ष पनि वर्षायाममा स्थानीय जनताको समस्या अनुसार सडक बाटो नियमित सञ्चालनमा ल्याएको छ । विगतका वर्षमा वर्षाको समयमा सडक बन्द भएर जनतालाई आवतजावतमा सास्ती हुने गर्दथ्यो ।

पछिल्लो दुईवर्ष यता वर्षाको समयमा पनि घट्मुना-मार्तडी सडकखण्ड नियमित सञ्चालनमा रहेको छ । जनतालाई आउजाउमा सहजताका लागि गौमुल सरकारले आफ्नो जेसीबी मार्फत वर्षाले ठाउँ-ठाउँमा भत्किएको सडक नियमित मर्मत गरेर यात्रा गर्न सहज बनाएको छ ।

गौमुल गाउँपालिकाले जनताको समस्यालाई ध्यानमा राखेर यसवर्ष पनि नियमित सडक मर्मत गरेर आवागमन नियमित सञ्चालनमा रहेको अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।

जनतालाई शीरमा राखेर काम गरिरहेको छौं कहीँकतै कमजोरी भएमा त्यो समेत सुधार गर्न सिंगो टिम तयार रहेको उनको भनाई रहेको छ । जनताको भावना र चाहाना बमोजिम स्थानीय सरकार चल्नुपर्छ भन्ने मान्यता रहेकोले सके बनाउने नसके बिगार्ने छुट आफुहरुलाई नभएको उल्लेख गरेका छन् ।

जनताको मनोभावना अनुरुप नै सिंगो टिम तल्लीन रहेको अध्यक्ष रोकायाले गौमुल खबरसंग प्रतिक्रिया दिदैं भनेका छन् । सरकारको सिंगो टिम जनताको जनजीविकाको सवालमा निरन्तर रहेकोले कमजोरी सुधार्ने पक्षमा आफुहरु रहेको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

जिल्लाका अधिकांश स्थानमा ग्रामीण सडकहरु बन्द अवस्थामा रहेको छन् । सडक बन्द हुदाँ स्थानीयलाई आउजाउमा असहज भईरहेको छ । देशका प्रमुख राजमार्गका कम्तिमा १५० ठाउँमा बाढी–पहिरोको अवरोध भएको छ ।

यस्ता राष्ट्रिय राजमार्गका नौ ठाउँमा यातायात आवागमन नै ठप्प छ । सडक विभागका अनुसार वैशाखयता ३७ राजमार्ग र सडकहरूमा यातायात अवरुद्ध भएकोमा अहिले पनि नौ स्थानमा आवागमन चलाउन सकिएको छैन् ।

जिल्लाको मार्तडी-कोल्टी सडक दुई महिनादेखि बन्द रहेको छ । उत्तरी क्षेत्रका नागरिकलाई आवतजावत गर्न कठिनाई भईरहेको छ । 
 

प्रतिक्रिया