गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४०
Dho

जनसाँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा गायक बाजुराली

गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ १०, २०८०
जनसाँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा गायक बाजुराली

बाजुरा : जनसाँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा विनोद बाजुराली सर्वसम्मत चयन भएका छन् । शनिवार भएको सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनबाट बाजुराली सर्वसम्मत चयन भएका हुन् । भने सचिवमा दिर्घ फुलारा सहितको ५१ सदस्यीय कमिटी चयन गरिएको हो । 

बडीमालिका नगरपालिका वडा न. ९ मा जन्मिएर आफ्नो जीवन नेपाली गीत संगीत क्षेत्रमा बेतित गरेका बाजुराली एक चर्चित एरेन्जर हुन् । बिधिन्न बिधाका गीतहरुमा उनले एरेन्ज गर्दै आएका छन् । मालाश्री रेकर्डिङ स्टुडियोका सञ्चालक समेत रहेका बाजुरालीको नेपाली गीत संगीतप्रति गरेको योगदानको जतिसुकै प्रसंशा गरेपनि कमै हुने उनका समर्थकहरु बताउने गरेका छन् ।

उनले आफु जस्तै धेरै कालाकारहरु उत्पादन गर्न समेत सफल भएका छन् । सुदूरपश्चिमएली कला सस्कृतिको जगेर्ना गर्नमा उल्लेख योगदान पुर्याएका उनी कलाकारहरुको संगठित सस्था जनसास्कृतिक महासंघको  नेतृत्व गर्ने अवसर पाएका छन् ।

कलाकारहरुको हितका लागि कलाकारिता क्षेत्रको बिकास र मौलिक सस्कृतिको जगेर्नामा टेवा पुर्याउने गरि काम  गर्ने उनले बताएका छन् । बाजुराली यसअघि पनि नेकपा एमाले निकट कलाकारहरुको बिभिन्न संगठनमा आवद्ध भइ नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका छन् । 

प्रतिक्रिया