गाैमुल खबर डटकम बुधबार ०४, भदौ २०८२ ०२:२८

बाजुरामा राहदानी सेवा अवरोध

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ ०३, २०८२
बाजुरामा राहदानी सेवा अवरोध

बाजुरा ः जिल्ला प्रशासन कार्यालय बाजुराबाट सेवा प्रवाह हुदैं आएको राहदानी सेवा इन्टरनेटमा समस्या आएका कारण प्रभावित भएको छ ।

इन्टरनेटमा समस्या आएका कारण समस्या समाधान नभएसम्मका लासग स्थगन भएको प्रशासनले आफ्नो सोसल मिडियाको पेज मार्फत जानकारी गरेको छ ।

सेवा सुचारु भएमा पुनः जानकारी गर्ने गरी सेवा अवरुद्ध भएको जानकारी गरिएको छ । सोमबारदेखि राहदानी सेवा अवरोध भएको छ ।

वल्डलिंक इन्टरनेटमा खराबी आएका कारण समस्या सिर्जित भएको हो । सेवा लिनका लागि आउने सेवा ग्राहीलाई वर्षाको समयमा समस्या भएको छ । 

प्रतिक्रिया