बाजुरा ःगौमुल गाउँपालिका-४ का वडा अध्यक्ष अमर विकले वडामा रहेका कीर्तिचौर मावि र सत्य आधारभूत विद्यालयको शैक्षिक गुणस्तरको अवस्था र भौतिक संरचनाको अवस्था बारे जानकारी लिएका छन् ।
सत्य आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विद्यालयमा केही अपुग भौतिक संरचनाको निर्माणका लागि गौमुल सरकार लगायत विभिन्न दातृ निकायसंग माग गर्ने र विद्यालयको आन्तरिक श्रोतबाट गर्न सकिने केही संरचना विद्यालयकै श्रोतबाट निर्माण गर्ने निर्णय गरिएको छ ।
यसैबीच कीर्तिचौर माध्यामिक विद्यालय कक्षा-८ र १० का विद्यार्थीहरुको हालसम्मको पढाईको सिकाईको उपलब्धी बारे समीक्षा र आगामी दिनमा थप कार्ययोजना तयार पारी शैक्षिक गुणस्तर प्रभावकारी बनाउने उद्देश्यका साथ विद्यालय प्रशासन, कक्षा शिक्षक, अभिभावक र विद्यार्थीहरुबीचमा बृहत् छलफल गरिएको छ ।
प्रतिक्रिया