बाजुरा ः सहयोगी हातहरुको समूह (सहास) नेपाल बाजुराले ३० औं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको दिनेश भारतीले जानकारी दिएका छन् ।
उक्त अवसरमा कार्यक्रममा गतिविधि थप सुधार गर्नका लागि सुझाव संकलनका लागि अन्र्तक्रिया र वृक्षारोपण कार्यक्रम गरिएको छ ।
बुढीगंगा नगरपालिका–६ का वडा अध्यक्ष श्री हेमराज जैशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि बुढीगङगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशी रहनुभएको थियो ।
कार्यक्रममा अन्य वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिका विभिन्न विषयगत शाखाका शाखा प्रमुख तथा प्रतिनिधि, सहास नेपाल केन्द्रीय कार्यालयका पैरवी व्यवस्थापक टंक गौतम लगायतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिक्रिया