गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५७
Dho

बडीमालिका नगरपालिकाले आईतबार सार्वजनिक विदा दिने निर्णय

गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ ०९, २०८०
बडीमालिका नगरपालिकाले आईतबार सार्वजनिक विदा दिने निर्णय

बाजुरा : जिल्लाको सदरमुकाम समेत रहेको बडीमालिका  नगरपालिकाले साउन १० गते अर्थात आईतबार सार्वजनिक विदा दिने भएको छ । बडीमालिका तिर्थयात्रा प्रारम्भ हुने भएकाले बडीमालिका नगरपालिकाले आईतबार बिदा दिने निर्णय गरिएको नगर प्रमुख अमर खड्काले बताएका छन् । 

बडीमालिका नगरपालीका मातहतका वडा कार्यालय ,सामुदायिक तथा संथागत बिद्यालयहरु ,स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रमा साउन १० गते बिदा दिने कार्यपालिकाले निणर्य गरेको छ ।

यस्तै भोली बिहाना बडीमालिका नरगपािलकाले औपचारिक रुपमा टोली पठाउने तयारी पूरा गरेको छ । बिहाना ७ बजे नगरपालिकाको तर्फबाट जमरा, बाँजा, पञ्चकन्या सहित बिशेष पूजा सामाग्री सहित पठाउने नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । 

बाजुराको धार्मीक आस्थाको धरोहर बडिमालिका पुजामा जाने सरकारी टोली आईतबार प्रस्थान गर्ने भएको छ । बडीमालिका जान सदरमुकाम मार्तडीबाट आईतबार बिहान प्रस्थान गर्ने जनाएको छ ।

तीन देखि चार दिन सम्म निरन्तर पैदल हिडेपछी चर्तुदर्शीका दिन बडीमालिका र बुढीनन्दा मन्दिरमा बिशेष पुजाआजा सहितको मेला लाग्ने गर्दछ । बाजुरा जिल्लाका विभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ ।  

प्रतिक्रिया