गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५५
Dho

बाजुरामा सफा गाउँ बनाउने अभियानमा कृषक समूह

गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ ०९, २०८०
बाजुरामा सफा गाउँ बनाउने अभियानमा कृषक समूह

बाजुरा : जिल्लाको गौमुल गाउँपालिकामा कृषक समूहहरुले सरसफाई अभियान थालेको छ । वडामा रहेका विभिन्न टोलस्तरी कृषक समूहहरुले गाउँलाई स्वच्छ बनाउन सरसफाई अभियान सुरुवता गरेको हो ।

आफ्नो गाउँ आफै बनाउने लक्ष्य सहीत कृषक समूह पछिल्लो समय बस्तीको सरसफाईदेखि विकास निर्माण कार्यहरुमा जागरुक भएका छन् । गौमुल गाउँपालिकामा लागु रहेका विभिन्न संस्थाहरुले टोलहरुमा समूहहरु स्थापना गरि प्रत्येक व्यक्तिलाई जिम्मेवारी दिएपछि पछिल्लो समय गाउँ तथा समाजलाई परिवर्तन गर्न सबै भन्दा बढी महिलाहरु सक्रिय देखिएका छन् । 

टोलमा रहेका कृषक समूहले पहिलो चरणमा सरसफाई अभियान चलाएको छ । गाउँ तथा बस्तीहरुमा जथाभावि फोहोर फाल्नाले दुर्गन्धीत बढेको र रोगको संक्रमण फैलिने कुरालाई मध्येनजर गर्दै प्रत्येक समूहले प्रत्येक दिन गाउँ र दैनिक डिडडुल गर्ने बाटाहरु मर्मत सहीत सरसफाई गर्न थालिएको गौमुल गाउँपालिका र सहकर्मी समाज नेपाल साँझेदारीमा सञ्चिालित शक्ति परियोजना वडा नं.६ का सामुदायिक प्रशिक्षक अनुपा रोकायाले बताएकी छन् । 

उँहाका अनुसार आज प्रगतिशील कृषक समूह र सिर्जनशील कृषक समूहले संयुक्त रुपमा विद्यालय, गाउँ टोल सहीत बाटाहरु सरसफाई गरेको छ । समूहले नवज्योति आधारभूत विद्यालय परिसरको सरसफाईसंगै टाडाँकोट, सालीकोट, बाम्नी–टुनी लगायतका टोलहरुमा सरसफाई गरिएको उनले बताएकी छन् । 

समूहले घरबाट निस्किने फोहोरहरुलाई संकलन गरि सम्बन्धित ठाउँमा व्यवस्थित गरेको छ । समूह र गाउँका नागरिकहरुको सक्रियतामा स्वच्छ तथा सुन्दर गाउँ बनाउने उद्देश्य सहीत प्लाष्टिकजन्य वस्तु र बजारबाट लिएका सामाग्रीहरुका खोस्टालाई नष्ट गरिएको रोकायाले बताएकी छन् । 

त्यस्तै बाटोमा स्वच्छ वातावरण बनाउन र जलवायु परिवर्तनको असर ननिम्त्याउन जथाभावि फालिएका फोहोर संकलन गरि कुहिने नकुहिने फोहोरलाई निश्चित ठाउँमा व्यवस्थापन गर्न प्रत्येक नागरिकलाई सुझाव दिएको छ । वर्षातको समयमा घरवरिपरी दुर्गन्धीत भएको भन्दै आगन तथा बाटाहरु सरसफाई गरिएको प्रगतिशील कृषक समूहका अध्यक्ष तिलक विकले बताएका छन् ।

त्यसैगरी गौमुल गाउँपालिका वडा नं.१ मा समेत कृषक समूहले विभिन्न बस्ती सहीत बाटोको सरसफाई गरेको छ । भुरीगाउँ कृषक समूह र चेतनशील महिला समूहले आफ्नो घर आगनको सरसफाई गरेको कार्यपालिका सदस्य मैना चदाँराले बताएकी छन् । 

समूहले चौलिकोट गौडादेखि वडा कार्यालयको भवनसम्म जाने बाटो मर्मतसंगै सरसफाई गरेको हो । आईएनएफ नेपाल, एचआरसी बाजुरा र सहकर्मी समाज लगायतका संस्थाहरुसंगको सहजीकरणमा सरसफाई गरिएको चदाँराले बताईन् । टोलमा रहेका विभिन्न समूहहरु पनि उक्त संस्थासंगै आवद्ध रहेका छन् । 

बस्ती सफा, सुन्दर र हराभरा राख्ने लक्ष्य सहीत समूहका पदाधिकारी र स्थानीयको सक्रियतामा फोहार वस्तुलाई संकलन गरि नष्ट गरिएको उनको भनाई छ । गाउँ तथा बाटोमा जथाभावि फालिएका बजारबाट ल्याईने प्लाष्टिकजन्य बस्तु र अन्य प्याकिङ्ग गरिएका सामाग्रीका खोस्टाहरुलाई संकलन गरिएको र कुहिने नकुहिने वस्तु लागि सबैको पायक पर्ने स्थानमा खाडल निर्माण गरिएको छ । 

वडामा रहेका कृषक समूहका पदाधिकारीहरुले घरबाट निस्किने फोहोर एक ठाउँमा संकलन गरि सही ठाउँमा व्यवस्थापन गर्न सुझाव समेत दिएको छन् । जथाभावि फोहोर फाल्नाले विभिन्न रोगको संक्रमसंगै लामखुट्टेको उत्पादन हुने भएकाले सचेत रहनुका साथै घरपरिवारलाई सफा गर्ने बानीको विकास गर्न सुझाव दिएको छ । 

सार्वजनिकस्थल समेत आफ्नै घर ठानेर फोहोर नफाल्न अनुरोध गरेको छ । घरका भान्छाबाट निस्कने फाहोरलाई कुहिने र नकुुहिने फोहोरलाई छुट्एर राख्न र आफ्नो घर आगनलाई सधै सफा राख्न सचेत गराएको छ ।

गाउँपालिका भरीका संगठित समूहले सरसफाई अभियान सहीत समाज रुपान्नातरण गर्न र गाउँको विकासका लागि अभियान अघि सारेको छ । गौमुल गाउँपालिकामा सञ्चालित संस्थाहरुले परिवर्तन र हरेक व्यक्तिलाई विकासमा जागरुक बनाउन समूह निर्माण गरि विभिन्न कार्य गर्दै आईरहेका छन् । 

गाउँपालिका र संस्थाहरुको साँझेदारीमा ६ वटै वडाका विभिन्न टोलहरुमा बालक्लव, कृषक समूह, महिला समूह र आमा समूह लगायतका संगठन मार्फत समाज परिवर्तन र विकास गर्ने लक्ष्य सहीत गठन गरिएको केही वर्षयता समाजमा राम्रो कार्य गरिने थालिएको सरोकारवाल निकायको बुझाई रहेको छ । आजभोली गाउँमा कुनै सामाजिक काम गर्दा समूह मार्फत नै गर्ने गरेका छन् ।

पछिल्लो समय जुनसुकै सामाजिक कार्य गर्न महिलाहरु सक्रिय देखिएकी छन् । कुनै बेला चुलोचौको र घरयासी काममा मात्र वेस्त देखिने महिलाहरु आजभोली गाउँको विकासका लागि सक्रिय देखिन थालेका छन् । 

योबेला गाउँमा सरसफाई, भत्किएका बाटो मर्मत, विद्यालयल, मठमन्दिर परिसरकोका सरसफाई लगायत अन्य सामाजिक कार्यमा लागेका देख्न सकिन्छ । यसले गर्दा आफूलाई खुसी महसुश भईरहेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् । विकास र समाज परिवर्तनशील बनाउने अभियानमा महिलाहरु सक्रिय देखिएपछि आफूलाई महिलाका हकहितमा बोल्न र थप आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन प्रेरणा मिलेको उनको भनाई छ । 

गाउँपालिकामा गैरसरकारी संस्था आईएनएफ नेपाल, पीसविन, एचआरसी, सहकर्मी समाज, गिफ्ट, सहास लगायतका संस्था लागु रहेका छन् । यी सबै संस्थाहरुसंग गौमुल गाउँपालिकाको समन्वय र साँझेदारी रहेको छ । 

सबै संस्थाहरुले भौतिक विकाससंगै महिला, बालबालिका, कृषि, रोजगारी, आत्मनिर्भर लगायतका विषयमा ठुलो भूमिका खेल्नुको साथै कार्यान्वयनमा लागु हुँदै आएको छ । संस्थाहरुले गर्दा केही मात्रामा आत्मनिर्भर र महिलाहरु अगाडी बढ्ने तथा अधिकार खोज्ने भएका कतिपय महिला अधिकारीको भनाई रहेको छ ।

प्रतिक्रिया