गाैमुल खबर डटकम सोमबार ०२, भदौ २०८२ ११:२४

गौमुल मिडिया हाउसले बडीमालिका, बुढीनन्दा, डडुल्ले र भण्डारथुम यात्राको प्रचार गर्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १६, २०८२
गौमुल मिडिया हाउसले बडीमालिका, बुढीनन्दा, डडुल्ले र भण्डारथुम यात्राको प्रचार गर्ने

बाजुरा ः गौमुल मिडिया हाउस प्रा.लि.तथा गौमुल खबर डटकमले डडुल्ले र भण्डारथुम सहित गौमुल गाउँपालिका भित्रका धार्मिक पिठको प्रचार थालेको छ ।

गाउँपालिका भित्र रहेका धार्मिक यात्राको प्रबर्द्धनका लागि प्रचार अभियान सुरु गरिएको गौमुल मिडिया हाउस प्रा.लि.तथा गौमुल खबर डटकमका प्रकाशक तथा कार्यकारी सम्पादक रमित विकले बताएका छन् ।

उक्त मिडिया हाउसले बडीमालिका सहित बुढीनन्दा, सुनन्दा बडालेक, दुनालेख, डडुल्ले, भण्डारथुम सहितका धार्मिक शक्तिपिठ केन्द्रीत प्रचार अभियान थालेको छ । जनैपूर्णिमा विशेष बाजुराका दर्जन बढी धार्मिक शक्तिपीठमा एकसाथ मेला लाग्ने गर्दछ ।

विशेष गरी सामाजिक सञ्जाल मार्फत डडुल्ले र भण्डारथुम, खारचुथिल्ला लगायतका धार्मिक पिठ प्रचारप्रसारमा नआएका कारण प्रबद्र्धन केन्द्रीत प्रचार अभियान थालनी गरिएको विकले बताएका छन् ।

सिंगो देशकै सम्पत्ति र धर्तीको भू-स्वर्गको बडीमालिकाको महिमा र विशेषताबारे प्रचार सहित डडुल्ले र भण्डारथुमको पनि प्रचार गरिने भएको छ । बडीमालिकाका लाग्ने मेलाको दिन पूजा लाग्ने गरेको डडुल्ले मताका पुजारी कर्णबहादुर बुढाले गौमुल खबर डटकमसंग बताएका छन् ।
 

प्रतिक्रिया