गाैमुल खबर डटकम आइतबार ११, साउन २०८२ ०१:२६

मेरुदण्ड भाँच्चिएका डम्मरको उपचार रोकियो, अस्पतालको शैयामा छटपटिँदै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०७, २०८२
मेरुदण्ड भाँच्चिएका डम्मरको उपचार रोकियो, अस्पतालको शैयामा छटपटिँदै

बाजुरा ः गौमुल गाउँपालिका-५ नक्राडा घर भएका डम्मर रोकायाको गत असार ३२ गते भीरबाट लडेर मेरुदण्ड भाँच्चियो । खेतबारीमा काम गर्ने क्रममा चिप्लिएर लडेका रोकाया गम्भीर घाइते भएका थिए ।

जिल्लामा उपचार नभएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको भएपनि आर्थिक अभावका कारण उपचार रोकिएको छोरा सुनिल रोकायाले गौमुल मिडिया हाउस प्रा.लि.तथा गौमुल खबर डटकमसंग बताएका छन् ।

आफुहरु बुबाकै कमाईबाट पढाई खर्च चलाउने भएकै कारण बुबाको उपचार गर्न समस्या भएको उनको भनाई रहेको छ । घाँटीतल मेरुदण्डपूर्ण रुपमा भाँचिएका कारण अप्रेसन गर्नका लागि आर्थिक अवस्था नाजुक हुदाँ समस्या भएको छ ।

छोरा सुनिलले थप उपचारका लागि दातासँग सहयोगको याचना गरेका छन् । “म मेरो घरको संरक्षक गुमाउन चाहान्न, अस्पतालमा उपचार गराएर निको पार्न चाहन्छु,’ उनले भने ।

सापटी दिने र पाउने ठाउँबाट उनले लिइसकेका छन् । परिवारको घरमुली नै उपचार नपाएर थला परेपछि सिंगो रोकाया परिवार चिन्तित बनेको छ । 

चन्दा संकलन अभियान सुरु 

पारिवारिक स्थितिलाई बुझेका स्थानीय व्यक्तिहरुले उपचारका लागि चन्दा संकलन अभियान सुरु गर्ने भएका छन् । स्थानीय भद्रभलाद्मी सहायोग गरिरहेका छन् । ‘तपाईं हाम्रो सानो सहयोगले उपचार हुन सक्छ सकेको सहयोग गरौं ।’

सहयोग गर्ने इच्छुक व्यक्तिले छोरा सुनिल रोकायाको नाममा ग्लोबल आईएमई बैंक लिमिटेडको बचत खाता नं. (२५००७०१००७०६५६) मा सहयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया