गाैमुल खबर डटकम शनिबार ०३, साउन २०८२ ०५:४९

शनिबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, साउन ०३, २०८२
शनिबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विभागले जनाएको छ।  बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

‘देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।’ बुलेटिनमा भनिएको छ, ‘दिउँसो देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।’ पूर्वका केही ठाउँमा रातिदेखि ठूलो पानी परेको छ ।

आज राती कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया