बाजुरा ःबुढीगंगा नगरपालिकाले गत वर्षको चैत्रमा एसईई दिएर केही विषय लागेका विद्यार्थीहरुको ग्रेडवृद्धि परीक्षाका निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ ।
नगरले ०८२ असार १३ गते सार्वजनिक भएको एसईईको नतिजाबाट ग्रेडवृद्धिमा परेका विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरेको हो ।
ग्रेडवृद्धिका लागि तयारी गर्न विद्यार्थीले बाहिर जानुपर्ने बाध्यता रहेकोले निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले बताएका छन् ।
अनुसार निःशुल्क तयारी कक्षाहरु साउन २ अर्थात् आजबाट २८ गतेसम्म सञ्चालन हुने भएको छ । हरेक दिन बिहान ७ बजेदेखि बडीमालिका क्याम्पस फालासैनमा निःशुल्क ग्रेडवृद्धिका तयारी कक्षा सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईको ग्रेडवृद्धि परीक्षा यहीँ साउन २९ गतेबाट सञ्चालन हुने भएको छ । त्यस्तै यस वर्षको एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
प्रतिक्रिया