बाजुरा ः भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-३ कटीगाउँका ४१ वर्षीया वीरेन्द्र बोहराको मृत्यु भएको आफन्त टेकबहादुर धामीले बताएका छन् ।
स्थानीय बाग्याडोरा भीरमा वस्तुभाउलाई घाँस काट्ने क्रममा चिप्लिएर लडेका हुन् । गत असार ३१ गते बिहान घाँस काट्न गएका बोहरा फिर्ता नभएपछि परिवारले खबर गरेपछि मृत अवस्थामा फेला परेका हुन् ।
बोहराका श्रीमति, दुई छोरा र एक छोरी सहारा विहिन भएका छन् । गौमुल गाउँपालिकामा वर्षेनी स्थानीय भीरबाट लडेर ज्यान गुमाउन विवश छन् । वस्तुभाउ बढी पाल्ने र भीरपाखामा घाँस दाउरा गर्ने परिस्थितिले यस्ता घटना घट्ने गरेका छन् ।
प्रतिक्रिया