गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०२:५४

खोलाले बगाएका वडा सदस्य मृत फेला

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असार ०९, २०८२
खोलाले बगाएका वडा सदस्य मृत फेला

बाजुरा ः रौदीगाड खोलाले बगाएर बेपत्ता भएका गौमुल गाउँपालिका ३ का निवर्तमान वडा सदस्य धनबहादुर बोहरा मृत फेला परेका छन् ।

आईतबार दिउँसो गाउँमै घट्टको पाथर तान्ने क्रममा एकाएक चिप्लिएर बोहरा नदीमा बेपत्ता भएका थिए । उनी करिब ४ किलोमिटर तल आँगरमा फेला परेको वडा अध्यक्ष गोरख बोहराले बताएका छन् ।

सोमबार बिहान ७ः२५ मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन् ।

अन्दाजी ४५ वर्षीया बोहरा बेपत्ता भएपछि स्थानीय, जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय गौमुलको टिम खोजी कार्य राखेको थियो ।

प्रतिक्रिया