बाजुरा : बाजुरामा घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा बुढीनन्दा नगरपालिका-७ सेरकाटियाकी करिब ५५ वर्षीया काली जोशी रहेकी छन् ।
शक्रबार विहान ८ः४१ बजे सेरकाटिया गाउँबाट एक घण्टाको दुरीमा पर्ने सुदाडी पातल भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेकी स्थानीय सर्मिला पाण्डेले बताएकी छन् । गोरु चराउन गएकी एक जना सानी बच्चाले छट्पटाई रहेकी छन्, भन्ने खबर गरेपछि आफूहरु घटनास्थलमा पुगेको र घाइते अवस्थामा फेला पारेपछि लगत्तै प्रहरीलाई खबर गरेको उनले बताएकी छन् ।
सुदाडी पातलमा बम पड्केको जस्तै ठुलो आवाज सुनिएको घटना स्थल नजिक गोरु चराउने र अन्य स्थानीयले बताएको स्थानीय लाल चन्द्र जैशीले बताएका छन् । घाइते जोशीको छाती र पाखुरामा गहिरो चोट लागेको उनले बताए ।
थोरै घाँस काटेको भेटिएको तर अन्य केही नभेटाएको उनले बताए । छट्पटाएर धेरै तल आएको अवस्थामा भेटाएपनि तर घटना कुन स्थलमा भएको हो भन्ने एकीन नभएको जैशीले बताएका छन् ।
घाइते जोशीलाई एम्बुलेन्स मार्फत कोल्टी प्राथमिक अस्पतालमा पुर्याएर उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जाएको छ । प्रहरी नायव उपरिक्षक इकवाल हवारीका अनुसार कोल्टी प्रहरीको टोली घटनास्थल पुगेर घटनाको विस्तृत अनुसन्धान भईरहेको छ । घटना कति के कारण भएको हो भन्ने प्रहरीको रिपोर्टपछि मात्र भन्न सकिने उनले बताए ।
प्रतिक्रिया