धनगढीः अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा आज बिहान भएको आगलागीबाट तीन करोड ८६ लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।
अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले साँफेबगर नगरपालिका, हाटबजारका प्रेम खड्काको ममः सेन्टरमा आज बिहान ३ः४५ बजे विद्युत्को तार ‘सट’ भई आगलागी भएको बताउँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा लिइएको जानकारी दिए।
आगलागीबाट प्रेम खड्कासहित गङ्ग कुँवर, मकर कुँवर, टीका कुँवर, ज्ञानेन्द्र कुँवर, दीपक सुनार, भीम कुँवर, सुमन कुँवर, किशोर भाट र सुरेश कुँवरको पसल जेलेर नष्ट भएको प्रजिअ सारुले जानकारी दिए। उनका अनुसार १० वटा पसलमा लागेको आगोका कारण उक्त मुल्य बराबरको क्षति भएको हो।
प्रतिक्रिया