गाैमुल खबर डटकम आइतबार ०७, बैशाख २०८२ ००:२३

क्रिएटरमा वैशाख ७ गतेबाट पठनपाठन सुरु हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख ०६, २०८२
क्रिएटरमा वैशाख ७ गतेबाट पठनपाठन सुरु हुने

बाजुरा ः बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रिएटर जोन एकेडेमी प्रा.लि.मा वैशाख ७ गतेबाट पठनपाठन सुरु हुने भएको छ । शैक्षिकसत्र सुरु भएको एकसातामै पठनपाठन औपचारिक रुपमा उक्त विद्यालयले सञ्चालन गर्ने प्रिन्सिपल मीनबहादुर कार्कीले बताएका छन् । 

संस्थागत विद्यालयको रुपमा विगत लामो समयदेखि क्रिएटर जोन एकेडेमी प्रा.लि.ले जिल्लामा सञ्चालनमा रहेको छ । शैक्षिक गुणस्तरका हिसाबले जिल्लामा पछिल्लो केही समययता उत्कृष्ट बनिरहेको उक्त विद्यालयले समयमै पठनपाठन गर्न लागेको हो ।

यसवर्षको शैक्षिकसत्रको औपचारिक रुपमा पढाइ सुरु जिल्लामै संस्थागत र सामुदायिक विद्यालय मध्ये पहिलो बनेर क्रिएटरले गर्ने भएको छ । पठनपाठन सुरु हुने भएपछि यस वर्षको नव वर्षमा विदामा बसेका शिक्षक शिक्षिका विद्यालयतर्फ फर्किन थालेको विद्यालय प्रशासनले जनाएको छ ।

क्रिएटर जोन एकेडेमी प्रा.लि. मा कक्षा नर्सरी देखि कक्षा-९ पढाइ हुने गरेको छ । यसवर्षको भर्ना दर पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

औपचारिक पढाइका साथ नयाँ कक्षा आरम्भ हुने भएपछि विद्यार्थीका अभिभावक अहिले आफ्ना बालबालिका लिएर भर्ना गर्नेको लर्को लागेको देखिन्छ । विद्यालयमा नानी बाबु भर्ना गर्ने र नयाँ शैक्षिकसत्रका किताब समेत लिएको स्थानीय अभिभावक सरिता नेपालीले बताएकी छन् ।

उता जिल्लाका सामुदायिक विद्यालयका शिक्षक शिक्षा ऐनका माग गर्दै काठमाडौंमा आन्दोलनमा रहेका बेला भर्ना अभियान प्रभावित भएको छ । पछिल्लो समय केही सामुदायिक विद्यालयको गुणस्तर सुधार भएको भएपनि केही विद्यालयको अवस्था भने झन दयनीय बन्दै गएको पाईन्छ । 

प्रतिक्रिया