गाैमुल खबर डटकम बुधबार ०३, बैशाख २०८२ ०२:३०

एकल देउडा गायन प्रतियोगितामा पत्रकार शोधा प्रथम

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत २८, २०८१
एकल देउडा गायन प्रतियोगितामा पत्रकार शोधा प्रथम

बाजुरा : एकल देउडा गायन प्रतियोगितामा पत्रकार शोधा नेपाली प्रथम भएकी छन् । जिल्ला सदरमुकाम मार्तडीमा रहेको क्रिएटर जोन एकेडी स्कुलले सञ्चालन गरेको एकल देउडा गायन प्रतियोगितामा नेपाली प्रथम भएकी हुन् ।

“देउडा श्रष्टाको पहिचान, लोक देउडा संस्कृतिकको संरक्षण” भन्ने मुल नाराका साथका क्रिएटर जोन एकेडेमी स्कुलको आयेजनामा तेस्रो खेल मेला समापन २०८१ र नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रम सहीत एकल देउडा गायन प्रतियोगिता सञ्चालन गरेको थियो । 

एकल देउडा गायन प्रतियोगिताको निर्णायक भूमिकामा लोकप्रिय देउडा गायक नरेन्दराज रेग्मी र सर्जक राजेन्द्र शाह विपी रहेका थिए । नयाँ प्रतिभा प्रस्फुटन गर्न उद्देश्यसहित सञ्चालन गरिएको प्रतियोगितामा ७ जना सहभागि मध्ये नेपालीले प्रथम स्थान ल्याएकी हुन् ।

गायन प्रतियोगितामा दोस्रो शिक्षक प्रेम नेपाली, तेस्रो विद्यार्थी रिता विष्ट भएका छन् । प्रथम भएकी नेपालीले प्रमाण पत्र सहीत १५ हजार नगद पुरस्कार प्रदान प्राप्त गरेकी हुन् । भने द्धितीय प्रेमले ७ हजार ५ सय र तृतीय भएकी विष्टले ३ हजार ३ सय नगद पुरस्कार सहीत प्रमाण पत्र प्राप्त गरेको शिक्षक दिल बहादुर कार्कीले बताएका छन् ।

प्रतिक्रिया