गाैमुल खबर डटकम आइतबार ०७, बैशाख २०८२ ०२:१९

गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख ०६, २०८२
गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति

काठमाडौं : गणतन्त्रका पक्षधरहरू एक हुनेगरी अघि बढ्न शीर्ष तीन दलका नेताहरूबीच सहमति भएको छ । शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तीन नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच शनिबार अपरान्ह साँझ भेट भएको थियो । करिब डेढ घण्टा चलेको भेटवार्तामा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल पनि सहभागी थिए ।

‘संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ,’ खरेलले बैठकपछि भने । साथै, उनले समसामयिक राजनीतिक विषयसँ विविध छलफल भएको बताए ।

‘विद्यमान देशको परिस्थितिबारे तीन शीर्ष नेताहरू बैठक बसिएको हो ।विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशीतासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ,’ खरेलले भने ।बैठकमा संक्रमणकाली न्यायसम्बन्धी पछिल्लो गृहकार्यबारे नेताहरूलाई जानकारी गराउने काम भएको उनले बताए ।

प्रतिक्रिया