गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ १०:३६

सञ्चारिका समूहको पदाधिकारीमा युनियन चौतारीको संयुक्त प्यानल विजयी, सदस्यमा प्यानल बाहिरका पनि निर्वाचित

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख ०६, २०८२
सञ्चारिका समूहको पदाधिकारीमा युनियन चौतारीको संयुक्त प्यानल विजयी, सदस्यमा प्यानल बाहिरका पनि निर्वाचित

काठमाडौं : सञ्चारिका समूहको पदाधिकारीमा नेकपा (एमाले) निकट प्रेस चौतारी र नेपाली काग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानल नै निर्वाचित भएको छ । शुक्रबार राति सम्पन्न निर्वाचनमा चौतारी युनियनको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार कमला पन्थी निर्वाचित भएकी हुन् ।

उनले १४९ मत प्राप्त गरेर निर्वाचित हुदाँ निकटतम प्रतिस्पर्धी पवित्रा सुनारले ८७ मत प्राप्त गरेकी छन् । प्रेस चौतारी निकट रहेकी पन्थी यस अघिकी अध्यक्ष बिमला तुम्खेवासँग पराजित भएकी थिईन भने प्रेस चौतारीकी तत्कालिन केन्द्रीय सदस्य समेत रहेकी सुनार सञ्चारिका समूहकी वर्तमान उपाध्यक्ष हुन् ।

उनलाई अध्यक्षमा उम्मेदवारी दिएको भन्दै प्रेस चौतारीले संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिसकेको छ । यस्तै उपाध्यक्षमा १२८ मत प्राप्त गर्दै बसन्ती बास्तोला निर्वाचित हुदाँ उनका निकटतम प्रतिस्पर्धा लोग्शरी कुँवरले १०० मत प्राप्त गरेकी छन् ।

कुँवर यस अघि सञ्चारिका समूहकी कार्यसमिति सदस्य थिईन भने प्रेस चौतारीकी तत्कालिन सचिव समेत हुन् । कुवँरलाई पनि प्रेस चौतारीले संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिसकेको छ । सञ्चारिका समूहको महासचिवमा भने राधा खनाल निर्विरोध निर्वाचित हुदाँ सचिवमा उर्वसी बस्न्यात १०७ मत ल्याएर विजयी भएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नुनुता राई १०३ मत प्राप्त गरेकी छन् । बस्न्यात राईसँग सबैभन्दा कम ४ मतान्तरले मात्रै बिजयी भएकी हुन् । निर्वाचित बस्न्यात प्रेस चौतारी निकट पत्रकार हुन् भने् राई प्रेस सेन्टर निकट पत्रकार हुन् ।

यस्तै कोषाध्यक्षमा साजना तामांग १२० मत प्राप्त गर्न निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत प्राप्त गरेकी छन् । तामांग चौतारी युनियनको संयुक्त प्यानलबाट उम्मेदवार बनेकी थिईन भने ढकाल प्रेस सेन्टर निकट पत्रकार हुन् ।

सञ्चारिका समूहको ८ जना सदस्यमा भने अजवी पौड्याल, कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाई, दीपा रेग्मी, देवी साकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित भएका छन् । जसमा चापागाई र रेग्मी प्रेस चौतारी निकट पत्रकार भए पनि उनीहरुले बागी उम्मेदवारी दिएका थिए ।

बागी उम्मेदवारी दिएको भन्दै प्रेस चौतारीले दुबै जनालाई संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिसकेको छ । चापागाई प्रेस चौतारीको भर्खरै सम्पन्न अधिवेशनबाट केन्द्रीय सदस्य चयन भएकी थिईन् ।

 

प्रतिक्रिया