गाैमुल खबर डटकम आइतबार ०७, बैशाख २०८२ ०२:३४

पूर्वमन्त्री गिरी भन्छन् सरकार असफल बनाउने छुट काँग्रेस एमालेसँग छैन्

बडीमालिका नगरपालिकाद्धारा स्वागत
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख ०६, २०८२
पूर्वमन्त्री गिरी भन्छन् सरकार असफल बनाउने छुट काँग्रेस एमालेसँग छैन्

बाजुरा ः नेकपा (एमाले) केन्द्रीय सदस्य तथा नेपाल सरकारका पूर्व मन्त्री पदम गिरीले वर्तमान सरकारले नै देशलाई निकास दिनु पर्ने धारणा राखेका छन् । देशकै दुई ठूला दलहरु मिलेर राजनीतिक स्थायीत्वका लागि सत्ता सहकार्य गरिसकेपछि असफल हुने र गर्न सकिएन भन्ने छुट नहुने धारणा गिरीको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणका क्रममा बाजुरा पुगेका गिरीले केपी शर्मा ओली नेतृत्वको सरकार राजनीतिक अस्थीरताको अन्त्यका लागि बनेको दाबी गरे । बडीमालिका नगरपालिकाले मार्तडी गरेको स्वागत समारोहमा गिरीले सरकार बनाउने र भत्काउने खेलको अन्त्य गरिनु पर्ने बताए ।

लामो समय सरकार बनाउने र गिराउनेमै समय सकियो, विकास निर्माणमा ध्यान नै दिएजस्तो भएन्, गिरीले भने–‘अब अस्थीरता अन्त्य हुनु पर्छ, विकास निर्माण र देशमा सुशासन कायम भएको जनतालाई अनुभूति गराउनु पर्छ, त्यसको नेतृत्व र जिम्मवारी नेपाली काँग्रेस र नेकपा एमालेले लिनु पर्छ । दुबै दलसँगै बाहना गर्ने छुट छैन र हुनु हुदैन् ।’

राजनीतिक अस्थीरता देश विकासको बाधक बन्यो, अब त्यो सिकाइ नेताहरुमा हुनु पर्छ, त्यसैमा ठूला दल काँग्रेस एमाले अरुभन्दा जिम्मेवार हुनु पर्छ । ओली र देउवा दुबैजना नेताहरु यसमा जानकार देखिनु हुन्छ, गिरीले भने । नेकपा एमाले संसदीय दलको प्रमुख सचेत समेत भइसकेका गिरीले सामाजिक सञ्जालको आक्रोश र विरोधलाई नै नजरअन्दाज गरेर धारणा बनाउन नहुने बताए ।

उनले ओली नेतृत्वको सरकार बनेदेखि देशमा आशको सञ्चार भएको र सबै क्षेत्रमा व्यापक सुधार देखिएकोले अराजनीतिक र अराजक भीडको पछि नलाग्न आग्रह गरे । अर्थतन्त्रले निकास पाएको छ । उद्यम विकास र उत्पादन बढेको छ । अर्थतन्त्रका सूचक उकालो यात्रामा छन् । सबैतिर राम्रो हुदैन्, यत्तीले मात्रै छिटो अर्थतन्त्र सुधारको हुटहुटी पालेका जनतालाई थप सुधार गर्दै सरकार परिणाम देखाउने गरि लागि परेको बताए ।

उनले राजावादी नामको आन्दोलनलाई उल्टो बाटोको संज्ञा दिएका छन् । उल्टो बाटो हिँडेर गन्तव्य पुगिन्न र त्यो संभव पनि छैन् । भ्रमको पछि नलाग्न आग्रह गर्दै नेपालका पहाडी गाउँलाई सडक र सुविधासँग जोड्नु पर्नेमा जोड दिए । गाउँ पुग्ने सडक बनेका छन् । तर कच्ची छन् । समयमै कालोपत्रे गरेर गाउँसँग सहज पहुँच जोड्न सके यहाँको उत्पादनले बजार पाउने र जीवन स्तरमा सुधार आउने बताए ।

सुदूरका पहाडलाई सुविधाले शहर बनाउन मिल्ने देखियो, संभावना धेरै छ । तरकारी देखि स्थानीय रैथानी बालीको उत्पादन, स्याउ देखि सुन्तलासम्म सिमीदेखि जडिबुटीसम्म यस्तो संभावनालाई सरकारले अवसरमा बदल्ने गरि काम गरिदिनु पर्छ, त्यसका लागि सबैले पहल गरौं गिरीले थपे । ठाउँ सुन्दर छन् । संभावना प्रचुर छ । तर अभाव, समस्या र निराशा देखिन्छ ।

राज्यले पनि गर्नु पर्ने जति लगानी नगरेको रैछ, अब देशको अवस्था बदल्न पहिला दुर्गम गाउँको जीवन र दैनिकी बदल्न पर्छ, त्यसमा मैलेपनि पहल गर्छु, तीनवटै सरकारको सहकार्य रहनु पर्छ, त्यसैमा यहाँका जनप्रतिनिधी थप जिम्मेवार हुनु पर्छ, गिरीले भने ।

बाजुरा सहीतका सुदूर र कर्णालीका पहाडी क्षेत्रलाई एकीकृत पर्यटन विकासको गुरु योजना बनाएर जोड्नु पर्नेमा जोड दिए । मुगुको रारा, हुम्लासँग जोडिएको मानसरोवर, बाजुराको बडीमालिका, खप्तड र अन्य गन्तव्यहरुलाई पर्यटन गुरु योजना बनाएर विकास गर्न सके सिंगो देशकै आर्थिक अवस्थामा सुधार आउने उनले बताए ।

बडीमालिकाका तर्फबाट नगर प्रवक्ता धर्मराज पाध्यायले पूर्व मन्त्री गिरी सहीत सँगै रहेको टिमलाई स्थानीय उत्पादन उपहार दिएका थिए । राष्ट्रिय युवा संघ र प्रेस चौतारी नेपालले पनि बधाई सहीत मायाको चिनो दिएको थियो । बाजुरा क्याम्पसमा स्वागत सहीत क्याम्पसको अवलोकन समेत गराइएको स्ववियु सभापति लक्ष्मण रोकायाले जानकारी दिए । शुक्रबार बुढीनन्दा महोत्सव उद्घाटन गरेका गिरीले यतिबेला सुदूरका पहाडको भ्रमण गरिरहेका छन् ।


 

प्रतिक्रिया