गाैमुल खबर डटकम आइतबार ०७, बैशाख २०८२ ०२:०४

नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवस, बाजुरामा वृक्षाराेपण र फलफूल वितरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख ०६, २०८२
नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवस, बाजुरामा वृक्षाराेपण र फलफूल वितरण

बाजुरा ः नेपाली काँग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।नेविसंघ केन्द्रीय सर्कुलर अनुसार जिल्ला कार्य समिति बाजुराले जिल्ला अस्पताल बाजुराको परिसरमा वृक्षारोपणका गरेको छ ।

अस्पताल परिसरमा हरियाली बनाउने गरी विभिन्न प्रजातीका विरुवा रोपेको नेविसंघ बाजुराका अध्यक्ष जनकबहादुर थापाले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार केन्द्रीय सर्कुलर अनुसार अस्पतालमा स्वच्छ वातावरण र हरित अस्पताल बनाउनका लागि परिसरमा वृक्षरोपाण गरिएको बताएका छन् ।

अस्पतालको वरिपरी डिभिजन वन कार्यालय बाजुराको सहयोगमा केन्द्रको सर्कुलर अनुसार २५ वटा विभिन्न जातका विरुवाहरु रोपेको अध्यक्ष थापाले बताए । यस्तै नेविसंघको स्थापना दिवसका अवसरमा अस्पतालमा उपचारत रहेका विरामीहरुलाई फलफुल पनि वितरण गरिएको छ ।

अस्पतालमा विभिन्न रोगबाट ग्रसित बनेका महिला,बालबालिका,वृद्धवृद्धा र सुत्केरी महिलाहरुलाई फलफुल वितरण गरेको अध्यक्ष थापाको भनाई रहेको छ । अस्पतालमा उपचारत रहेका विरामीहरुको स्वास्थ्य लाभको कामना सहित नेविसंघ बाजुराको आयोजनामा फलफुल वितरण गरिएको नेविसंघ बाजुराले जनाएको छ ।

वृक्षारोपण तथा फलफुल वितरण कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख धनराज पण्डित, नेपाली काँग्रेस जिल्ला उपसभापति पदम बडुवाल, नेपाली काँग्रेस त्रिवेणी नगर सभापति सुरेन्द्र गिरी र बडीमालिका नगर सभापति गोपाल कार्की, नेपाल किसान महासंघ बाजुराका अध्यक्ष टेकबहादुर खत्री लगायत नेविसंघका नेता तथा कार्यकर्ताहरु सहभागी थिए । नेविसंघ बाजुराका अध्यक्ष जनकबहादुर थापाको अध्यक्षतामा संचालन भएको  उपाध्यक्ष तपेश रावलले गरेका थिए । 

प्रतिक्रिया